FLASH NEWS
  • Loading...

म्याग्दीका क्वारिन्टीनमा क्षमताबढी ब्यक्ति

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६९ पटक पढिएको
म्याग्दीका क्वारिन्टीनमा क्षमताबढी ब्यक्ति

विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्न निर्माण गरिएका क्वारिन्टीनमा क्षमताबढी मान्छे राखेपछि ब्यवस्थापन अस्तब्यस्त बनेको छ ।
कोरना भाईरस रोकथामकालागी गरिएको लकडाउनले सहरमा चुल्हो वाल्न मुस्किल भएपछि गाडीबाट धमाधम पुख्यौली थलो फर्केकालाई कोरना भाईरस संक्रमण जोखिम क्षेत्रबाट आएको भन्दै क्वारिन्टीनमा राखिएको हो । तर  तयारी गरे भन्दा बढी मान्छे गाउँ फर्केपछि क्वारिन्टीन ब्यवस्थापनमा समस्या भएको हो ।
कोरना भाईरस संक्रमण प्रकोप कन्ट्रोल कमाण्ड पोष्टका अनुसार सदरमुकामको बेनी अस्पताल समेत सवै ६ वटा स्थानीय तहमा गरी कुल १ सय ७३ वटा वेड क्षमताको क्वारिन्टीन निर्माण गरिएको भएपनि बुधवार विहानसम्म यी क्वारिन्टीनमा जोखिम क्षेक्रबाट आएका दुई सय ३२ जना राखिएको छ ।
‘क्वारिन्टीनमा बसेका ब्यत्ति विरामी होईनन, जोखिम क्षेक्रबाट आएको हुँदा संत्रमण समुदायमा नफैलियोस भनेर अलग्गै राखिएको हो । क्वारिन्टीनको मापदण्ड तोकिएको छ । तर ब्यवहारमा कार्यान्वयन गर्न कठिनाई भएपनि समुदाय छुट्टै वसेको पोजेटिभ मानौं’ सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले भने, ‘गाडीका गाडी मान्छे एक्कासी लिएर छोडेपछि स्थानीय तहले तत्काल क्वारिन्टीन ब्यवस्थापन गरेका छन ।’
दुर्गम धौलागिरी गाउँपालिकाले ४० बेड क्षमताको क्वारिन्टीनमा लकडाउनको ३० औं दिनदेखी कोरना भाईरस संक्रमण जोखिम क्षेत्रबाट गाउँ भित्रिएका १ सय ९ जनालाई राखिएको छ । त्यसैगरी ८ बेड क्षमताको मालिका गाउँपालिकाको क्वारिनटीनमा २४ जना, मंगला गापामा १० बेड क्षमतामा ४५ जना, अन्नपूर्ण गापामा १५ बेड क्षमतामा २२ जनालाई राखिएको छ । रघुगंगा र बेनी नगरपालिकामा भने वेड क्षमता भन्दा थोरै ब्यक्तिलाई क्वारिन्टीनमा राखिएको छ । बेनीको क्वारिन्टीनमा वेड भएपनि जोखिम क्षेक्रबाट आएका ब्यत्तिलाई खाना खुवाउने ब्यवस्था नहुँदा सम्बन्धीत स्थानीय तहमा कोचाकोच गरिएको हो ।
‘हाम्रो समवन्ययमा आएका ८३ जना र लुकेर आएका ८ जना क्वारिन्टीनमा राखेका छौं । नुनतेल, दालचामल गाउँपालिकाले उपलब्ध गराउँछ, बाँकी तरकारी, खाजा र ब्यक्तिगत सरसफाईका सामाग्री आफैले ब्यवस्था गर्नु पर्छ’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘गाउँपालिकाले ब्यवस्था यस अघि नै ब्यवस्था गरेको ५० बेड पनि छ । बाँकीले क्वारिन्टीनमा बस्ने आफैले ओढ्ने–ओछ्याउने ल्याउँछन । बसेका मिलेर खाना बनाउँछन । अनुसासन कायम गर्न प्रत्यक क्वारिन्टीन केन्द्रमा दुई जना कर्मचारी खटाएका छौं ।’
राजनैतिक पहुँचको आधारमा लकडाउनका वेला गाडी रिजर्भ गरी गाउँ फर्केका आर्थिक रुपमा शहरिया मध्यम बर्गका उनीहरुले स्थानीय सरकारलाई अटेर गरेको जनप्रतिनिधीले गुनासो गर्न थालेको बुझिएको छ । त्यसैगरी जोखिम क्षेक्रबाट आएका ब्यत्तिमध्य सार्वजनिक यातायातको साधनमा आएकालाई मात्र क्वारिन्टीनमा राखिएको तर निजी गाडी र मोटरसाईकलमा आएका भने निर्वाध गाउँमा परिवारसँग वसेको भनी गुनासा आएका छन ।
‘काठमाण्डौमा हामी छिमेकी थियौं । उनीहरु आफ्नो गाडीमा आए, हामी रिजर्भ गरेको वसमा आयौं । एकै ठाउँबाट आएका उनीहरु घरपरिवारमा छन, हामी क्वारिन्टीनमा’ क्वारिन्टीनमा बसेका मध्य एक जनाले भने, ‘छिमेकी पनि नचिढाउ, विभेदको पनि विरोध गरौं भनेर साँकेतिक रुपमा फेसवुकमा केही लेखेको छु, । बुझे भो, मेरो नाम नै किन लेख्नु पर्यो र ?’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल