- Loading...
घनश्याम भुसाल भन्छन्- ‘संस्थागत प्रणालीभित्रै समाधान खोजौँ’
- पुनहिल डट कम
- ५ साल अघि
- २०५ पटक पढिएको

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अध्ययनशील र बौद्धिक नेता मानिने कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले संस्थागत प्रणालीबाटै समाधान खोज्नुपर्ने बताएका छन्।
उनले समस्याले उपयुक्त समाधान खोज्ने उल्लेख गर्दै अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने बताएका छन्।
पछिल्लो समय नेकपाभित्र विवादलाई चर्कँदो छ। भुसालले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् यही विवादलाई लक्षित गरेर धारणा सार्वजनिक गर्दै मुलुकले सबैबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको उल्लेख गरेका छन्।
उनले २०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा रहँदा फुटेपछि २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गएको उल्लेख गरेका छन्।
‘२०६४/०६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो। र, विभाजनको प्रक्रियामा गयो’, भुसालले लेखेका छन्, ‘आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित छ। र, यसमा समस्या थपिँदै गएका छन्।’
नेकपाको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरूको जगेर्ना तीन कुरा गर्नुपर्ने बताएका छन्।
‘पहिलो, नहडबडाउँ, दोस्रो, संवाद गरौँ र तेस्रो, संस्थागत प्रणालीभित्रै समाधान खोजौँ’, भुसालले लेखेका छन्।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
