FLASH NEWS
  • Loading...

म्याग्दीका एकै ब्यक्तिमा डेंगु र स्क्रब टाईफस संक्रमण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०० पटक पढिएको
म्याग्दीका एकै ब्यक्तिमा डेंगु र स्क्रब टाईफस संक्रमण

कोरना भाईरस (कोभिड–१९) संक्रमणको त्रासका विच म्याग्दीका एक युवामा उस्तै लक्षण देखिने डेंगु र स्क्रब टाईफसको संक्रमण भएको छ ।

मंगला गाउँपालिका, ५ अर्मनको सिर्कुमका ति युवामा लामखुट्टेका टोकाईबाट सर्ने डेंगु र मुसामा हुने किर्नाले टोक्दा सर्ने स्क्रब टाईफस देखिएको बेनी जिल्ला अस्पतालले जनाएको छ । चार दिन अघि ज्वारो आउने, वेस्सरी टाउको दुख्ने, जोर्नी दुख्ने जस्ता लक्षण देखिएपछि बेनी अस्पताल भर्ना भएका ति १७ बर्षे युवकको ल्याव परिक्षण गर्दा  डेंगु र स्क्रब टाईफस पोजेटिभ देखिएको हो ।

‘दुर्गम गाऊँका ति युवामा डिेंगु र स्क्रव संत्रमणको सिजनको पहिलो केस भेटिएको हो’ बेनी अस्पतालका सुचना अधिकारी प्रकाश शर्माले भने, ‘यो डेंगुको सिजन हो । डेंगु र कोरना भाईरस (कोभिड–१९) रोगको लक्षण मिल्दो हुँदा आत्तिनु हुँदैन ।’

म्याग्दीमा गत माघ २ गते बेनी जिल्ला अस्पतालमा उच्च ज्वरोवाट ग्रस्त भै बेनी अस्पतालमा भर्ना भएकी बेनी नगरपालिका, ७ कि एक ४५ बर्षिया विरामीको रगत परिक्षण गर्दा डेंगु संक्रमण भेटिएको थियो । डेंगु र स्क्रब टाईफस एक विरामीबाट अन्यमा सजिलै संक्रमण हुने भएकोले लक डाउनका वेला थप सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन ।

‘गर्मी सिजन (मनसुन)सँगै डेंगु देखिन थालेको छ । गत माघमा पनि देखिएको थियो । कोरना भाईरस संक्रमण जस्तै लक्षण हुने डेंगुले थप त्रास बढाएको छ’ बेनी अस्पतालका ल्याव टेक्नोलोजिष्ट संजोग तिमिल्सिनाले भने, ‘बेनीमा गाडीका टायरको असुरक्षित ब्यवस्थापन डेंगुको मुख्य चुनौति हो । कोरनासँगै डेंगुको संक्रमणको सामाना गर्ने थप योजना आवश्यक देखियो ।’

बेनी अस्पतालले अभिलेख अनुसार डेंगु परिक्षण सुरु गरेको भदौ यता माक्र जिल्लामा १४ जनामा डेंगु संत्रमण फेला परेको थियो । डेंगु संक्रमित सवै विरामी बेनी नगर क्षेत्रका छन । वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता लक्ष्यण देखिएपछि उपचारकालागी अस्पताल आएका थिए । लक्ष्यण मिलेपछि विरामीको रगत परिक्षण गर्दा डेंगु भेटिएको हो ।

त्यसैगरी बेनी अस्पताल मै गत पुस तेस्रो साता बर्ष अर्की एक ६६ बर्षिया महिलामा स्क्राव टाईफस पनि भेटिएको थियो । अस्पतालले स्क्राव टाईफस र डेंगुको ल्याव परिक्षण यसै वर्षदेखी सुरु गरेको हो ।

‘हामीले यो बर्षदेखी डेंगु र स्क्राव टाईफसको जिल्लामै ल्याव परिक्षण सुरु गरेका हौं । डेंगुका १४ जना र स्क्राव टाईफसको भने संकास्पद पहिलो ३ जनामध्य एकमा रोग फेला परेको हो’ बेनी अस्पतालका ल्याव टेक्नोलोजिष्ट तिमिल्सिनाले भने, ‘रोग देखिएपछि डेंगु र स्क्रव टाइफस परिक्षण गर्ने आवश्यक र्यापिड डाईनोस्टीक किटको ब्यवस्थापन  गरेका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल