- Loading...
मुम्बईको एकै अस्पतालका २६ नर्स र तीन चिकित्सक कोरोना संक्रमित, अस्पताल बन्द
- पुनहिल डट कम
- ५ साल अघि
- १८८ पटक पढिएको

मुम्बईको एक अस्पताल नोभेल कोरोना भाइरसको हटस्पट बनेको छ । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको छ ।
मुम्बईका सरकारी अधिकारीका अनुसार एकै अस्पतालमा यति तीव्र रुपमा २९ स्वास्थ्यकर्मीलाई कसरी कोरोना देखियो भन्ने विषयमा अनुसन्धान गर्न छानबिन टोलीलाई निर्देशन दिइएको छ ।
उक्त अस्पतालभित्र जान र भित्रका लागि बाहिर जान दिइएको छैन । उक्त अस्पतालमा भर्ना गरिएका बिरामीहरुलाई भने दुईपटक कोरोना जाँच गर्दा नेगेटिभ देखिएको थियो । उक्त अस्पतालका २७० बिरामी र नर्सहरुको कोरोना परीक्षण गरिएको छ ।
उक्त अस्पतालका सम्पूर्ण आपतकालीन र ओपीडी सेवाहरु बन्द गरिएका छन् । अस्पतालको क्यान्टिन खुला छ भने सोही क्यान्टिनबाट अस्पतालभित्र रहेका चिकित्सक र नर्सहरुलाई खाना खुवाउने काम भइरहेको छ । –एनडीटीभी

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
