- Loading...
लकडाउनलाई अटेरी नगरौं, आफन्तको शव हेरेर रुन पनि नपाउने अवस्था आउन सक्छ- परराष्ट्रमन्त्री ज्ञवाली
- पुनहिल डट कम
- ५ साल अघि
- २४९ पटक पढिएको

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरेको छ । मंगलबार लकडाउन पूर्ण रुपमा सफल भएको सरकारको दावी छ । नागरिकको सुरक्षाको लागि नै सरकारले लडडाउन गरे पनि केही ठाउँमा भने यसको उल्लंघन भएको छ । नागरिकले सरकारलाई नटेरेको जस्तो देखिएको छ । तर सरकारले भने लकडाउनको उल्लंघन गर्नेले निकै पछुताउनुपर्ने चेतावनी दिएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालले अहिले बाहिर निस्कने र सरकारलाई नटेर्नेले ठूलो मूल्य चुकाउनुपर्ने र आफन्तको शव समेत हेर्न नपाउने दिन आउनसक्ने भएकाले सचेत हुन आग्रह गर्नुभएको छ ।
‘समग्रमा लकडाउन नागरिकले पालना गर्नुभएको छ, उहाँहरुलाई म धन्यवाद भन्छु, धेरैले आफूलाई सुरक्षित राख्नुभएको छ, तर केहीले भने यसलाई पालना गर्नुभएको छैन, उहाँहरुले आफ्नै लागि पनि सोच्नुपर्छ’ ज्ञवालीले भन्नुभयो ।
कोरोनाको औषधि अहिलेसम्म पत्ता नलागेको र संसारका विकसित र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा अब्बल ठहरिएका देश पनि हायलकायल हुने अवस्थामा रहेकाले नेपालमा पूर्वसतर्कता नै सबैभन्दा ठूलो बुद्धिमानी हुने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ । तर अहिले सतर्कता नअपनाए पछि पछुताउनुको विकल्प नहुने पनि ज्ञवालीले बताउनुभयो ।
‘अहिले सचेतना अपनाउनुपर्छ, यदि हामीले अटेरी गर्दा भोलि बिरामी हुँदा कोही भेट्न आउन पाउनुहुन्न, दुखद निधन भयो भने आफन्तको शव हेरेर रुन पनि पाइन्न, अवस्था त्यस्तो भयावह हुन सक्छ, त्यसैले अहिले सरकारले भनेको कुरालाई पालना गर्न म अनुरोध गर्दछु ।’
कोरोना फैलन थाल्यो भने चैत वैसाखको डढेलो भन्दा पनि छिटो फैलने भएकाले बरु थोरै दुःख परे पनि घरमै बस्न मन्त्री ज्ञवालीले आग्रह गर्नुभएको छ ।
-उज्यालो अनलाइन

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
