FLASH NEWS
  • Loading...

योजना बैंककाे उद्घाटन, बैंकमा दर्ता आयाेजनालाई मात्रै बजेट

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१३ पटक पढिएको
योजना बैंककाे उद्घाटन, बैंकमा दर्ता आयाेजनालाई मात्रै बजेट

‘योजना बैंक’को धानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । राष्ट्रिय योजना आयोगले योजना बैंक शुरू गरी बैंकमा राखिएको आयोजनालाई मात्रै बजेट समावेश गर्ने तयारी गरेको छ। योजना बैंक राष्ट्रिय योजना आयोग अन्तर्गत रहने व्यवस्था छ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकको क्रममा प्रधानमन्त्रीले योजना बैंकको औपचारिक शुभारम्भ गरेका हुन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनले योजना बैंकको व्यवस्था गरेको छ।

बैठकलाई छाेटाे सम्बाेधन गरेका प्रधानमन्त्रीले साेचे अनुसार विकास गति अघि बढ्न नसकेकाे बताए। आयाेजना कार्यान्वयनकाे गति सुस्त भएकाे, विकास खर्च हुन नसकेकाे प्रधानमन्त्रीकाे भनाइ थियाे। “उपलब्धि हुँदै नभएको होइन तर, सन्तोषजनक छैन”, प्रधानमन्त्री ओलीले भने।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पाेखरेलले बाँकी सम्बाेधन गर्ने भन्दै प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका थिए।

“कानूनले बाध्यकारी व्यवस्था गरेको थियो। सबै तयारी पनि पूरा भएको थियो। राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औं बैठकको क्रममा बैकको उद्घाटन भएको हो”, राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले बताए।

योजना बैंकमा आएका योजनालाई प्राथमिकताक्रम निर्धारण गरी बजेटमा समावेश गर्ने उनले बताए। योजना बैंकको सूचना व्यवस्थापन प्रणाली निर्माण गरेर सबै मन्त्रालय र सम्बन्धित निकायलाई उक्त बैंकको युजर नेम र पासवर्ड दिइएको पौडेलले जानकारी दिए।

बजेटमा योजना समावेश गर्न चाहने सबैले योजना बैंकमा योजना समावेश गराउनुपर्छ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि योजना बैंकमा पेश गर्नुपर्ने प्रावधान बनाइएको छ।

योजना बैंकको कार्यान्वयन पछि मन्त्री वा नेतालाई दबाब वा प्रभावमा पारेर बजेटमा आयोजना समावेश हुने परम्पराको अन्त्य हुने आशा गरिएको छ। योजना बैंकको सूचना व्यवस्थापन प्रणालीमा भने अहिले सरकारी निकायको मात्रै पहुँच छ। योजना बैंकमा समावेश भएका आयोजना सर्वसाधारणले भने हेर्न सक्दैनन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल