FLASH NEWS
  • Loading...

नेकपा नेता नेपाल र अमेरिकी राजदूतबीच एमसीसीबारे छलफल

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४५८ पटक पढिएको
नेकपा नेता नेपाल र अमेरिकी राजदूतबीच एमसीसीबारे छलफल

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्ल्यू बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका छन्।

नेपालको निवास कोटेश्वर पुगेका बेरीले नेता नेपालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे पनि छलफल गरेको नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए।

प्रतिनिध सभाबाट पारित गर्नका लागि सचिवालयमा ३० असारमै दर्ता भएकाे भए पनि अहिलेसम्म सभामा पेश हुन सकेकाे छैन।

एमसीसीबारे नेकपा पार्टीभित्रै विवाद देखिएकाे छ। अघिल्लाे साता सम्पन्न नेकपाकाे केन्द्रीय कमिटीले यसबारे अध्ययन गर्न पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालेकाे संयाेजकत्वमा तीन सदस्यीय समिति बनाएकाे थियाे।

आजकाे भेटमा नेता नेपालले कुनै पनि वैदेशिक सहयोग लिने नेपालको नीति भएको भन्दै एमसिसी राष्ट्रिय हित अनुकूल भए स्वीकार गरिने बताएका थिए।

नेपालले एमसिसी राष्ट्रिय हित विपरीत रहेछ भने त्यसलाई सच्चाउनुपर्ने बताएका थिए।

रासस

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र