FLASH NEWS
  • Loading...

बामदेव गौतम अव नेकपा उपाध्यक्ष ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०० पटक पढिएको
बामदेव गौतम अव नेकपा उपाध्यक्ष ?

बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव नेकपाको स्थायी समितिबाट पारित भएसँगै निर्णयका लागि अब केन्द्रीय कमिटीमा लगिनेछ। केन्द्रीय कमिटीले उक्त प्रस्ताव पारित गरेपछि बामदेव नेकपाको उपाध्यक्ष बन्नेछन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ ।

आज सकिएको स्थायी समिति बैठकले सचिवालय सदस्य समेत रहेका गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।

२१ साउनको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। जुन प्रस्ताव अनुमोदनका लागि नेकपाको स्थायी समितिमा लगिएको थियो।

स्थायी समितिले अनुमोदन गरेको यो प्रस्ताव अब केन्द्रीय कमिटीमा छलफलका लागि पेश गरिनेछ। केन्द्रीय कमिटीले समेत यो प्रस्ताव पारित गरेपछि बामदेव नेकपाको उपाध्यक्ष बन्नेछन्। नेकपामा विधान संशोनको पूर्णअधिकार केन्द्रीय कमिटीमा छ।

गौतम तत्काली नेकपामा एमालेमा पनि उपाध्यक्ष थिए। नेकपाको विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउन लागिएको छ। महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी समितिकोे बैठकले पारित गरेको हो।

२९ मंसीरदेखि शुरू भएको स्थायी समिति बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रूपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आज सकिएको छ।

बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे पनि छलफल भएको छ। तर, सहमति जुट्न सकेको छैन।  एमसीसीबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए। उनले अमेरिकी सरकारले एमसीसी  इन्डो प्यासेफिक स्टाटेजीको अंग भए, नभएको बारे पार्नुपर्ने पार्नुपर्ने माग गरे।

बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत फिर्ता ल्याउन पहल गर्नपर्ने निर्णय समेत गरेको नेता रावलले जानकारी  दिए। सीमा विवाद हल गर्न नेकपाले समेत ठोस पहल गर्नुपर्ने बैठकले निर्णय गरेको छ।

यसैबीच, नेकपाको स्थायी समितिले केन्द्रीय कमिटीको बैठक २३ पुसमा बोलाउने निर्णय पनि गरेको छ।

नेकपाको केन्द्रीय कमिटीको पहिलो बैठक ४ जेठ २०७५ मा बसेको थियो। त्यसयता नेकपा केन्द्रीय कमिटी बैठक बसेको छैन।

३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेकपामा ४४५ सदस्यीय केन्द्रीय कमिटी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल