- Loading...
निर्मल पुर्जा: कसरी सुरु भयो साहसी आरोहण अभियान
- पुनहिल डट कम
- ५ साल अघि
- २२८ पटक पढिएको

अदम्य साहसका नायक निर्मल पुर्जाबारे तयार यो समाचार अझबढी पठनीय छ भन्ने लागेर हामीले विविसी नेपाली अनलाईन संस्करणबाट अनुमति नलिई साभार गरी प्रस्तुत गरेका छौं । समाचार गहिरोगरी पढ्दा पाठकले जीवन वदल्न सक्छन भन्ने विश्वास छ ।
सम्पादक
सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढ्ने अभियान पूरा गरेको भोलिपल्ट काठमाण्डू विमानस्थलमा उत्रेका निर्मल पुर्जाले आफ्नो सफलतालाई ‘कुनै दौड नभई मानव क्षमताको जाँच’ भएको प्रतिक्रिया दिएका थिए।
उनको भनाइ थियो: “तपाईँले जीवनमा साँच्चिकै केही कुरा गर्न चाहनुहुन्छ र त्यसका लागि पूरा शतप्रतिशत दिनुहुन्छ, मन र मस्तिस्कबाट त्यस काममा लाग्नुहुन्छ भने त्यो सम्भव छ। यो अभियानको त्यो सन्देश पर्वतारोहण क्षेत्रमा मात्र नभएर सबै मानिसहरूको लागि हो।”
आफ्नै परीक्षा
म्याग्दीमा जन्मिएका यी कीर्तिमानी आरोहीको हिमालसँगको साइनो धेरै पुरानो होइन। सन् २०१२ को डिसेम्बरबाट मात्र निर्मल पुर्जाले हिमाल चढ्न सुरु गरेका हुन्।
सन् २०१७ मा सगरमाथा-लोत्से र मकालु पाँच दिनभित्र चढेपछि उनको नाममा विश्व कीर्तिमान बनेको थियो। तर त्यतिखेर ब्रिटिश सेनामा काम गर्ने उनी दुई दिनभित्र काममा फर्कंनुपर्ने तालिका थियो।
“त्यसबेला मौसमको खराबीले मकालु आधार शिविरमा हेलिकप्टर आइदिएन। र, ६ दिन लाग्ने बाटो दगुरेर १८ घण्टामा तल तुम्लिङ्टार आइपुगेँ,” पुर्जाले बीबीसीसँग भने। “त्यसो गर्दा पनि म शारीरिक रूपमा ठीकै थिएँ। त्यसबेला मलाई मेरो क्षमता योभन्दा अझ बढी छ भन्ने लाग्यो र त्यसरी सात महिनामा १४ वटा आठ हजार मिटरका हिमाल चढ्ने योजना बन्यो।”
बधाई दिनेमध्ये कसैले उनको उक्त सफलतालाई ‘साँच्चिकै लोभलाग्दो कीर्तिमान’ भनेका थिए भने कसैले त्यससँगै ‘पर्वतारोहणलाई अर्को तहमा पुर्याएको’ भन्दै प्रशंसा गरे।
‘प्रोजेक्ट पोसिबल’ नाम दिइएको उनको कीर्तिमानी अभियान कति महत्त्वपूर्ण हो भनेर ठम्याउन उनले तोडेकै कीर्तिमान हेरे पुग्छ।
यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्-होले १४-हिमालका आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएका थिए। उनले सुरुमा ८० दिनभित्र अग्ला पाँच हिमाल चढ्ने सोचेका थिए। जुन ब्रिटिश सेनामा रहेर गर्न असम्भव हुने थाहा पाएपछि उनले एक वर्षअघि जागिरबाट राजीनामा दिएका हुन्। तर महत्त्वाकांक्षी यस योजनामा आर्थिक सहयोग जुटाउन उनले निकै सास्ती खेपे जसक्रममा आफ्नै घर समेत बेचेको उनले बताए।
जब उनले आफ्नो योजना अरूलाई सुनाए पर्वतारोहण क्षेत्रकै मानिसहरूले पनि कसैले ‘असम्भव’ भनिदिन्थे त कसैले ‘हाँसेर टारिदिन्थे’।
हुन त त्यस्तो योजना सम्भव होला भन्ने कल्पना केही महिना अघिसम्म पुर्जा स्वयंलाई पनि थिएन।
“तर जब मैले चढ्छु भने, अरू सबैले जे सोचे पनि ममा यो सम्भव छ र मैले सक्छु भन्नेमा म विश्वस्त थिएँ।”
उनले आफ्ना साथी मिङ्मा डेभिड शेर्पालाई आफ्नो योजना सुनाए। दुवैलाई यो गर्न सकिन्छ भन्ने विश्वास भएपछि उनीहरू सहयोगी शेर्पाहरूसँगको टिम बनाउन लागे।
मिङ्मा डेभिडले बीबीसीसँग भने: “हामीले सुरुदेखि नै निकै उत्साही र आत्मबल भएका शेर्पाहरूको टिम बनायौँ। सके चढ्ने होइन कि चढेरै छाड्ने भन्ने आत्मबल टोलीमा रहेका हामी सबैसँग थियो।”
यस आरोहणकै दौरान मिङ्माले आठ हजार मिटर माथिका ८ वटा थप हिमाल चढेर १४ वटै हिमाल पूरा गरेका छन्। उनले ६ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल पहिले नै चढिसकेका थिए। नेपालबाट पाँच आरोहीले १४ वटै आठ हजार मिटर माथिका हिमाल चढेकोमा ३० वर्षे मिङ्मा त्यो पूरा गर्ने कान्छा आरोही हुन्।
शक्ति
सात महिनाभित्र सक्ने लक्ष्य राखिएको पुर्जाको यो अभियान ६ महिना ६ दिनमा पूरा भयो।
यो वर्ष शिशापाङ्मा आरोहणमा रोक लगाएको चीन सरकारले नेपाल सरकारको आग्रहमा पुर्जाको आरोहण दलका लागि मात्र सो हिमाल खुला गरेको थियो।
जसको प्रक्रिया र पहलका लागि केही समय नलागेको भए अझै केही दिन वा साता अगाडि १४ वटा हिमाल चढिसकिने पुर्जाको विश्वास थियो।
पुर्जाले बनाएका कीर्तिमान र उनको रफ्तार देखेर धेरैले उनलाई सोध्ने गर्छन्: त्यस्तो शक्ति कहाँबाट आउँछ?
यसको लागि पुर्जाको व्यावसायिक जीवनमा केही पछाडि फर्कनुपर्छ। ब्रिटिश सेनामा बिताएका १६ वर्षमध्ये पछिल्लो १० वर्ष निर्मल पुर्जाले युके स्पेशल फोर्सेस (यूकेएसएफ)मा काम गरेका थिए। जसक्रममा उनले चरम चिसो अवस्थामा गरिने युद्धको प्रशिक्षकदेखि लिएर स्पेशल बोट सर्भिसमा काम गरेका छन्।
उनले सुनाए: “यूकेएसएफमा काम गर्ने सपना ब्रिटिश सेनाभित्रका सबै एकसेएक आर्मीहरूले देख्छन्। तर कडा प्रतिस्पर्धा हुने त्यस परीक्षा पास गर्न निकै कमले सक्छन्।”
“एकसेएक प्रतिस्पर्धी हुने त्यहाँ फेल हुने मानिसको कुरा सुन्नुभयो भने अर्कै कथा बन्छ। तपाईँलाई प्रयास नै गर्ने आँट पनि आउन्न। त्यसैले मैले असफल मानिसको कथा सुन्दिनँ।”
फेल हुने मानिसको कुरा सुन्नुभयो भने अर्कै कथा बन्छ। तपाईँलाई प्रयास गर्ने आँट नै पनि आउन्न। त्यसैले मैले असफल मानिसको कथा सुन्दिनँ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
