- Loading...
वियर एउटाले पिउँछ, गरिवलाई सास्ती
- पुनहिल डट कम
- ५ साल अघि
- ५२१ पटक पढिएको

२१ भदौ ।
मदिरा खानेले स्वाद र मनोरन्जन लिए, वेच्नेले पैसा कमाए । स्थानियले सास्ती भोग्दैछन । कसरी ?
वस्ती देखी केही परेको बारीमा घाँस काट्ने क्रममा अन्नपूर्ण गाउँपालिका, ६ चित्रेका भक्तबहादुर पुनको खुट्टामा सिसा गाडियो । सिसाले काटेको घाउ विसायो (इन्फेक्सन) र पाक्यो । गाउँको उपचारले भएन । पोखरा पुग्नु पर्यो । सवै उपचार गर्दा उनको ५० हजार खर्च भयो । भक्तबहादुरको खुट्टामा गाडिएको सिसा फुटेको टुवोर्ग वियरको वोटल थियो ।
भक्तबहादुर उदाहरण मात्र हुन । वर्षेनी खेतवारी काम गर्दा वा वनमा घाँसदाउरा गर्दा यत्रतत्र फालिएका सिसा गाडिएर घाईते हुने गाउँलेको संख्या धेरै छ । गाउँगाउँ पुगेका वियर र अन्य मदिराका रिक्ता बोटलहरु ब्यवस्थित नहुँदा गाउँलेका बारी र वनजंगलमा पुगेका छन । एउटाले सेवन गरेको अर्कोले वेचेर पैसा कमाएको मदिराको खाली वोटलबाट भने निर्दोष कृषक पीडित भैरहेका छन ।
‘वस्ती क्षेत्रमा यत्रतत्र थुप्रो लागेका वोटलहरुले प्रदुषणमात्र गरेको छैन, फुटेका सिसाका टुक्राहरु खेतवारी तथा वाटोमा पुगेकोले स्थानियको खुट्टामा गाडिने समेतका दुर्घटना भैरहेका छन’ अन्नपूर्ण गाउँपालिका, ६ पोखरे स्थित होटल ह्वाईट माउण्टेनकी विष्णु गर्वुजाले भनिन, ‘यस्ता सिसा र पल्यास्टीकजन्य फोहोर उत्पादकले नै फिर्ता गर्न आवश्यक छ । स्थानीय सरकारले वातावरण कर लिएर यस्ता फोहोर ब्यवस्थापन आवश्यक छ ।’
जिल्लाका प्रायःसवै वस्तीमा वियर समेतका सिसाजन्य मदिराका वोटलहरु समस्या भएका छन । गाउँ गाउँ पुर्याईएका यस्ता सिसा वोटलहरु यत्रतत्र फालिँदा फुटेर दुर्घटना मात्र निम्त्याएको छैन, पुरै वस्तीलाई प्रदुषण बढाएको छ । फोहोरको थुप्रोले कुरुप बन्न थालेका छन ।
सडक संञ्जालमा जोडिएका सवै दुर्गम भेगका वस्तीहरु झन बढी मदिराका सिसा जन्य बोटल र कोकाकोला, फेन्टा, स्पाईट लाएत चिसो पेयपदार्थ, पानीका बोटल, चाउचाउ, विस्कुट, चकलेटका प्लाष्टिकजन्य फोहोरबाट बढी प्रदुषित भएका छन ।
वस्ती तथा पदमार्ग यत्रतत्र सिसाको बोटलहरुको थुप्रो लाग्न थालेपछि पर्यटकिय वस्ती घोडेपानीका ब्यवसायीले ठूला ठूला खाल्डोमा पुर्न थालेका छन । सिसाजन्य बोटलहरु खच्चड तथा मान्छेले बोकेर पर्यटकिय वस्तीका होटलहरुमा पुर्याईने भएपनि पुनःप्रयोगकालागी फिर्ता लैजाने ब्यवस्था नहुँदा समस्या भएको हो । वियरसमेत विभिन्न मदिराका सिसाजन्य बोटलले प्रदुषण बढाएपछि पर्यटकीय क्षेत्रमा खाडल खनेर बोटललाई पुर्ने गरिएको छ ।
पर्यटकीय वस्तीमा मात्र होईन वस्ती भन्दा माथिल्लो क्षेत्रका हिमाली पदमार्ग र वेस क्याम्पमा पनि यस्ता सिसाजन्य बोटलहरु समस्याको रुपमा छन । यस्ता सिसा र टिनका बोटलहरुले हिमाली पर्यावरणमा गम्भीर प्रभाव परिरहेको छ । धौलागिरी वेस क्याम्प लगाएत अन्नपूर्ण, निलगिरी, चुरेन समेतका हिमाली क्षेत्रमा यत्रतत्र सिसाका बोटल र क्यानका बोटलले फोहोर भएका छन ।
फोहरमैला ब्यवस्थापन ऐन ०६८ ले हानीकारक, स्वास्थ्य संस्थाजन्य फोहरमैला, रसायनिक फोहरमैला, औधोगिक फोहरमैलाको ब्यवस्थापन भने संवन्धित ब्यक्ति वा संस्थालाई नै तोकेको भएपनि अनुगमन नहुँदा कार्यान्वयन भएको छैन । नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहोर उत्पादक कम्पनीहरुले नै फिर्ता लैजानु पर्ने हो तर वास्ता गरिएको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
