FLASH NEWS
  • Loading...

असुरक्षित बन्दै बेनी–जोमसोम सडक

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५५५ पटक पढिएको
असुरक्षित बन्दै बेनी–जोमसोम सडक

म्याग्दी, २ असार ।

अक्करे भिर खोपेर निर्माण गरिएको अप्ठ्यारो तथा बाढी पहिरोको उच्च जोखिममा रहेको बेनी–जोमसोम सडकमा लुटेरा समेत देखिन थालेका छन ।

बेनी–जोमसोम ७६ किलोमिटर सडकको गलेश्वर–बैसरी–तिप्ल्याङ्ग–तातोपानी सम्मको २० किमी लामो अक्करे भीर र जंगल क्षेत्रमा कुनै सुरक्षा निकाय नभएको र वस्ती पनी नभएकोले रातीको समयमा लुटेरा देखिन थालेका हुन ।

बेनी–जोमसोम–कोरला सडकमा यात्ररत जीपका यात्रुलाई लुट्ने रघुगंगा गाउँपालिका, १ का यजन पुर्जा, अन्नपूर्ण गापा, ७ का समिट पुन र पर्वत जलजला गापा, १ का कुसल पाईजालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखराबाट बेनीहुँदै लोमन्थाङ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको यात्रु बाहक जीपलाई सोमबार विहान ३ बजे रघुगंगा गापा, १ तिप्ल्याङ्ग छेउ भीरमा रोकेर १५ हजार नगरसहित झोला लुटपाट गरेका थिए । राती बाटोमा लुटिएपछि यात्रुले १० किमी अगाडी रहेको सीमा प्रहरी चौकी तातोपानीमा पुगेर उजुरी गरेका थिए ।

‘विहान ३ बजे बेनी–जोमसोम सडकमा जीपमा यात्रारत यात्रु लुटिएको खवर पाउनासाथ प्रहरी परिचालन भै घट्नास्थल नजिकै तिप्ल्याङ बजारबाट लुटपाटमा संलग्न तीनै जनालाई पक्राउ गरेका छौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रप्रसाद मरासिनीले भने, ‘बेनी–जोमसोम सडकमा बाढीपहिरोसँगै लुटपाट र डकैतिको जोखिम पनि थपिएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र