FLASH NEWS
  • Loading...

मजदुर दिवसकै दिन ढिस्कोमा पुरिएर निर्माण मजदुरको मृत्यु

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४४५ पटक पढिएको
Post Thumbnail

म्याग्दी, १८ वैशाख ।

सहरमा १ सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाई रहँदा बेनी नगरपालिका, ६ चुत्रेनी स्थित बेनी–दरवाङ्ग सडक विस्तार गर्न ग्याभिन जाली भर्ने कार्यमा संलग्न निर्माण मजदुर बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका, ४ का ३५ बर्षीय कालुराम थारुको कार्यस्थलमा ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधवार दिउँसो १२ बजे मृतक ग्याभिन जाली भित्र बसी बाहिरबाट दिएको ढुङ्गा मिलाउने क्रममा माटोको ढिस्को खसेको थियो । अन्य मजदुर भाग्न सफल भएपनि ग्याभिन जाली भित्र भएकोले थारु भाग्न नसक्दा ढिस्कोमा परेका हुन ।

‘मजदुर दिवसकै दिन अर्का निर्माण मजदुरको कार्यस्थलमा भएको दुर्घटनाबाट मृत्यु भएको छ’ जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्र मरासिनीले भने, ‘सडकको कुनापट्टी ग्याभिन जाली भित्र बसेर ढुङ्गा भर्न लागेकोले भाग्न नसक्दा पुरिएका हुन । निर्माण स्थलमा कार्यरत मजदुरको सुरक्षा योजना लागु नहुँदा सामान्य दुर्घटनामा पनि ज्यान जाने गरेको छ ।’

घट्ना भएको साईटमा १५ जना मदजुर कार्यरत थिए । बेनी–दरवाङ्ग सडकमा अग्लो कान्ला भएको क्षेत्रमा ग्याभिन जालीमा ढुङ्गा भर्नेक्रममा माथीबाट माटोको ढिस्को खसेर थारुलाई पुरेको हो । माटोले पुरेपछि साईडमा रहेको डोजरले सव बाहिर निकालेको हो । सव जिल्ला अस्पतालमा राखिएको छ । परिवारलाई खवर गरिएको र पोष्टमार्टम पछि परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल