- Loading...
के हो कलेजो प्रत्यारोपण ?
- पुनहिल डट कम
- ६ साल अघि
- ३०६ पटक पढिएको

कलेजो मानव शरीरको सबैभन्दा ठूलो अंग भएकाले यसको प्रत्यारोपण अत्यन्त खर्चिलो र जटिल मानिन्छ । साथै यो सहज पनि छैन । हाम्रो मुलुकमा वर्षेनी कलेजो फेल हुनेहरूमध्ये आधाभन्दा बढी चाहिँ अत्यधिक मद्यपानका कारण त्यो अवस्थामा पुग्ने गरेका हुन्छन् । नेपालीमा हुने कलेजोको दीर्घकालीन रोगको एउटा कारण त मद्यपान भइहाल्यो, त्यसपछि हेपाटाइटिस ‘बी’ र ‘सी’ को संक्रमण एवं र कलेजोको क्यान्सर दीर्घकालीन कलेजो रोग यो अंग फेल हुने ९५ प्रतिशत कारक हो । बाँकी ५ प्रतिशतमा भने फोहोर पानीले हुने हेपाटाइटिस ‘ई’, कलेजोमा तामाको मात्रा बढी हुने विल्सन डिजिज, अटोइम्युन डिजिजले एक्कासी कलेजो फेल (एक्युट भिर फेल्योर) हो ।
के हो कलेजो ?
कलेजो हाम्रो पेटको माथिपट्टि दाहिने भागमा हुन्छ । यसले पाचनको लागि आवश्यक पित्तको निर्माण गर्छ । यस्तै रगत सफा गर्नुका साथै शरीरमा भएको ऊर्जालाई ग्लाइकोजिनको रूपमा संरक्षितसमेत राख्छ ।
यसले शरीरको लागि पाँच सयभन्दा बढी फरक–फरक काम गर्छ, जस्तो : रगत जम्न सघाउनु, संक्रमणबाट रक्षा गर्नु, विषालु तत्त्वको असरलाई कम गर्नु आदि । यो एक मात्र यस्तो अंग हो जसले आफ्नो पुनर्निर्माण समेत गर्छ । यसले शरीरको विषाक्तता कम (डिटक्सिफिकेसन) गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
के हो कलेजो प्रत्यारोपण ?
यो एक प्रकारको शल्यक्रिया हो, जसमा रोग वा चोटपटक लागेको कलेजोलाई पूरै वा प्रभावित भागलाई मात्र हटाएर प्रतिस्थापित गरिन्छ । कलेजो फेल भएकाहरूको लागि यो जीवन बचाउने उपाय हो । हामी सवैलाई बाँच्नको लागि एउटा स्वस्थ कलेजो अत्यावश्क हुन्छ । स्वस्थ कलेजोले क्षतिग्रस्त भएको आफ्नो धेरैजसो भागलाई पुन: उमार्नसमेत सक्छ ।
कसले गर्ने कलेजो प्रत्यारोपण ?
दीर्घकालीन रूपले कलेजो फेल भएकाहरूलाई
बाँच्नको लागि प्रत्यारोपण आवश्यक हुन्छ । एक्कासि कलेजो फेल (एक्युट लिभर फेल्योर)
समेत हुने गर्छ ।
दीर्घकालीन कलेजो फेल हुने समस्या मुख्यत: सिरोसिसले गर्दा हुन्छ । यो सिरोसिस अत्यधिक मद्यपान, हेपाटाइटिस सी वा कलेजो सम्बन्धी अन्य रोगका
कारण हुने गर्छ ।
कलेजो प्रत्यारोपण
शल्यक्रिया गर्दा के हुन्छ ?
जीवित दाताको कलेजो लिएर प्रत्यारोपण गर्दा एकै पटक त्यही अस्पतालमा दुइटा शल्यक्रिया गर्नुपर्छ । एउटा कक्षमा शल्यक्रिया गर्ने विज्ञको टोलीले दाताबाट कलेजो झिक्ने काम गर्छ । अर्को कक्षमा ग्रहणकर्ताको क्षतिग्रस्त कलेजो झिकिन्छ । यसपछि दाताको कलेजो ग्रहणकर्तामा प्रत्यारोपित गरिन्छ । कलेजो दिने जीवित दाताले समेत शल्यक्रियापछि करिब एक सातासम्म अस्पतालमै बस्नुपर्छ ।
धेरैजसो कलेजो प्रत्यारोपण सफल हुने गर्छ । प्रत्यारोपण गराएकाहरू केही महिनापछि निको भएर सामान्य जीवनमा फर्कन सक्छन् । करिब ८५ प्रतिशत प्रत्यारोपित कलेजो एक वर्षपछि पुन: उम्रेर स्वाभाविक रूपमा काम गर्न थाल्ने मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् ।
कलेजो प्रत्यारोपण सहज छैन । यसमा जटिलता समेत देखिन्छ । पित्तनली क्षतिग्रस्त हुने, नयाँ कलेजोलाई शरीरको प्रतिरोधी प्रणालीले अस्वीकार गर्ने, संक्रमण र रक्तश्राव हुने, कलेजोको रक्त नलिकामा रगत जम्ने, रोग प्रतिरोधक क्षमतालाई कम गर्ने (इम्युनो सप्रेसिभ) औषधिको साइड इफेक्ट देखिनेजस्ता समस्या हुन सक्ने डा. श्रेष्ठ बताउँछन् ।
प्रत्यारोपणपछि
अमेरिकास्थित द नेसनल
इन्स्टिच्युट अफ डाइबिटिज एन्ड डाइजेस्टिभ एन्ड किड्नी डिजिज (एनआइडीडीके) को
तथ्यपत्र अनुसार, कलेजो प्रत्यारोपण
गराएको पहिलो वर्ष सघन चिकित्सकीय फलोअपमा बस्नुपर्छ । त्यस्ता व्यक्तिहरूले स्वस्थ जीवनशैली
अपनाउनुपर्छ ।
स्वस्थ खानपान र व्यायाम गर्नुपर्छ । धूमपान र मद्यपान त्याग्नुपर्छ ।
प्रत्यारोपण गराएकाहरूले चिकित्सकीय सुझावअनुसार नियमित औषधि सेवनसँगै अन्य सावधानी अपनाउनुपर्छ । यति मात्र नभई, यस्ता व्यक्तिले शरीरले कलेजोलाई अस्वीकार गरेको लक्षण र चिनोबारे विस्तृत जानकारी राख्नुका साथै यस्तो अवस्थाको आशंका हुनासाथ तुरुन्त चिकित्सकलाई सूचना दिनुपर्छ । प्रत्यारोपण गराएकाहरूले अन्य बिरामी व्यक्तिसँग हिमचिम गर्नु हुँदैन ।
मदिरा र कलेजो
जब कलेजोमा मदिराको प्रशोधन हुन्छ, त्यतिखेर थुप्रै विषालु रसायन त्यसबाट निस्किन्छ, जसले कलेजोलाई क्षतिग्रस्त पार्छ । एकपटक मदिरा अर्थात् कम्तीमा तीन पेग पिउनाले कलेजो दुई सातासम्म कलेजो बिमार हुन्छ । एकपटक मद्यपान गरेपछि कलेजोलाई पुन: स्वस्थ हुनमा दुई करिब साता लाग्छ । मद्यपानबाट जोगिनु कलेजो स्वस्थ राख्ने महत्त्वपूर्ण उपाय हो ।
कलेजोले के गर्छ ?
संक्रमणबाट जोगाउँछ । रगतबाट ब्याक्टेरिया र विषाक्त पदार्थ हटाउँछ । रगतलाई जम्न सघाउने प्रोटिनको निर्माण गर्छ । प्रतिरक्षा प्रतिक्रियालाई नियन्त्रणमा राख्छ । पोषकतत्त्व, औषधि र हार्मोनलाई प्रशोधन गर्छ । बोसो, कोलेस्ट्रोल र बोसोमा घुलनशील भिटामिन अवशोषण गर्न सघाउने पित्तको उत्पादन गर्छ । शरीरको उपयोगको लागि भिटामिन, लवण, बोसो र चिनीलाई संरक्षित राख्छ ।
चन्द्र केसीले ९ महिने बालिकालाई कलेजो दानगरी सफल प्रत्यारोपणपछि सवैमा चासो बढेको छ । हामीले कलेजोको महत्व बारे सवैमा जानकारी उपयोगी हुने ठानेर यो सामाग्री विभिन्न अनलाईन तथा स्वास्थ्य वुलेटिनबाट संकलनपछि सम्पादनगरी पाठककालागी प्रस्तुत गरेका हौं ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
