FLASH NEWS
  • Loading...

सियानालाई कलेजो प्रत्यारोपण सफल

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३२४ पटक पढिएको
सियानालाई कलेजो प्रत्यारोपण सफल

परिवारका सदस्यको कलेजो म्याच नभएपछि जीवन÷मृत्युको अन्तिम अवस्थामा पुगेकी यहाकी एक ९ महिने बालिकालाई कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका, ७ हिस्तान औलकी ९ महिने सियाना रन्तिजा पुनलाई बेनी नगरपालिका, ८ बेनीका चन्द्रकुमार केसीको कलेजो शुक्रवार (फ्रेवुरी १) गते भारतको दिल्ली स्थित सर गंगाराम अस्पतालमा १७ घन्टा २५ मिनेट लामो शल्यक्रियाको समयमा प्रत्यारोपण गरिएको हो ।

४ महिनाको उमेरदेखी जण्डिस देखिएपछि मणीपाल शिक्षण अस्पतालले सियानालाई अस्पतालले राजधानीको टिचिङ अस्पताल रिफर गरेको थियो । टिचिङले बालिकाको कलेजो फेल भएको पत्ता लगाएको हो ।  नेपालमै मानव अ¨ प्रत्यारोपण सुरु भएपनि एकाघर परिवारको कलेजो बालिकास“ग नमिलेपछि बालिकालाई भारतको सर गंगाराम अस्पतालमा पुगेर फरक समुदायका केसीले आप्mनो कलेजो बालिकालाई दिएका हुन । 

जिल्लामा आर्थिक अभावकै कारण उपचार गर्न नसकी ज्यान गुमाउन बाध्य विरामीको उपचारमा सहयोग जुटाउन स्थापित परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक केसी ९ महिने बालिकालाई कलेजो दान गर्न अग्रसर भएका थिए ।

‘कलेजो प्रत्यारोपणपछि बालिकाको जीवन ८० प्रतिशत सुरक्षित गर्न सकिने र मलाई एक प्रतिशत संक्रमणको जोखिम देखाएका छन’ कलेजो दाता चन्द्र केसीले प्रत्यारोपणकालागी हिँड्नु अघि भनेका थिए, ‘प्रत्यारोपण गरिने ३० प्रतिशत कलेजो रिकभर हुन ६ महिना लाग्ने डाक्टरले बताएका छन । प्रत्यारोपण सफल भैदियोस कामना गर्छु ।’