FLASH NEWS
  • Loading...

अख्तियार पूर्व प्रमुख बस्न्यातलाई थुनामा राख्‍न आदेश

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१८ पटक पढिएको
अख्तियार पूर्व प्रमुख बस्न्यातलाई थुनामा राख्‍न आदेश
 विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्‍न आदेश दिएको छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पास गर्न मुख्य भूमिका खेलेपछि भ्रष्टाचार अभियोग लागेका बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्‍न आदेश दिएको हो।

विशेषका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार न्यायाधीशहरू अब्दूलअजिज मुसलमान, प्रेमराज कार्की र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्‍ने आदेश गरेको हो।

यो प्रकरणमा बस्न्यात आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएको पाण्डेले थाहाखबरलाई जानकारी दिए। ‘बस्न्यातसँगको बयान आजै सकिएकाले थुनछेक बहस पनि आजै भएको हो’, उनले भने, ‘थुनछेक बहस सकिएसँगै बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।’

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न भूमिका खेल्नेमध्ये उनलाई एक प्रमुख पात्र मानिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २२ माघ २०७६ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यो प्रकरणमा बस्न्यातसहित एक सय १० जनाविरुद्ध जेल सजाय माग दाबी भएको थियो। त्यसैगरी ललिता निवासको जग्गा किन्‍ने अन्य ६५ जनाबाट उक्त जग्गा जफत गर्ने गरी मुद्दा चलाइएको थियो।

बस्न्यातले अख्तियारमै हुँदा अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरिसकेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवतः यो पहिलो घटना हो।

अदालले पुर्पक्षका लागि थुनामा पठाइएका बस्‍नेत मुद्दाको टुंगो नलागुन्जेल जेलमा रहनुपर्ने भएको छ। अब उनले विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा अपिल गर्न सक्ने छन्। बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले पनि मुद्दा खेपिरहेका छन्। उनको पनि सम्पत्ति रोक्का गरेर अनुसन्धान अघि बढाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल