FLASH NEWS
  • Loading...

जिल्ला समन्वय प्रमुख समेत ५ जना गिरफ्तार

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • ३७१ पटक पढिएको
जिल्ला समन्वय प्रमुख समेत ५ जना गिरफ्तार

सहकारीको रकम अनियमितता आरोपमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा समेत ५ जना सामुहिक गिरफ्तार भएका छन ।
सदरमुकाम बेनी स्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अनियमित गरेको आरोप लागेका जिसस प्रमुख थापा समेत सहकारीका पूर्व अध्यक्षहरु मनप्रसाद थजाली, थमबहादुर गर्वुजा, पूर्व कोषाध्यक्ष देवी थापा मगर र पूर्व ब्यवस्थापक रुद्रबहादुर गुरुङ गिरफ्तार भएका हुन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार प्रदेश सहकारी रजिष्टारको कार्यालय पोखराको पत्र जाहेरीले जिल्ला अदालतको पक्राउ पुर्जी जारी भै आएकोले ५ जनालाई नियन्त्रणमा लिएको बताए । थापा एमालेबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका हुन ।
‘सहकारीको रकाम अपचलन गरेको भन्ने आरोपमा सहकारी रजिष्टार कार्यालय पोखराले प्रहरी कार्यालयमा निवेदन दिएपछि ओरोपित ५ जनाले सामुहिक गिरफ्तारी दिएका हौं । धरपकडका कुरा मित्थ्या हुन’ पक्राउ परेका थापाले श्वास्थ्य परिक्षण क्रममा अस्पतालमा भने, ‘ब्यक्तिगत रुपपमा सहकारीको रकम झिकेर अपचलन गरेको हैन, सहकारीको रकम सामुहिक ऋण लिएका हौं, सामुहिक लगानीको विद्यालयले लिएको ऋणको ब्याजछुटको विषयलाई अनियमितता गरेको आरोप लागेको हो, जुन हामी मिलाई सकेका छौं ।’
सहकारीको एक वर्ष अघि भएको साधारण सभाबाट सहकारी अध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य एवं मंगला गाउँपालिका, ४ नं वडाध्यक्ष यामबहादुर रोका समेत नव निर्वाचित सहकारी संञ्चालकले विक्तिय विश्लेषक नियुक्त्तगरी सहकारीको आर्थिक अवस्था अध्ययन गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल