FLASH NEWS
  • Loading...

तरूण दल म्याग्दीले फागुनमा प्रदेश क्षेत्र क र ख मा भलिवल प्रतियाेगिता गर्दै

तरूण दल म्याग्दीले फागुनमा प्रदेश क्षेत्र क र ख मा भलिवल प्रतियाेगिता गर्दै

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीले फागुनमा प्रदेश निर्वाचन क्षेत्र क र ख मा छुट्टाछुटटै वडा स्तरिय तरुण कप पुरूष भलिबल प्रतियोगिता अायाेजना गर्ने भएकाे छ ।
तरूण दल म्याग्दीले विहिवार पत्रकार सम्मेलन गरी प्रदेश क्षेत्र ख काे अागामी फागुन ७–९ गतेसम्म मालिका गाउँपालिकाकाे केन्द्र रहेकाे दरवाङमा र क काे फागुन १४–१६ गतेसम्म अन्नपुर्ण गाउँपालिका, ४ नारच्याङमा पुरूष भलिवल प्रतियाेगिता संञ्चालन गर्ने जनाएकाे छ ।
त्यसैगरी क्षेत्र क नारच्याङमा जिल्लाका सवै पालिका सहभागी हुने पालिका स्तरिय महिला भलिवल प्रतियाेगिता पनि संञ्चालन हुने तरूण दल म्याग्दीले जनाएकाे छ ।
प्रदेश ख मा हुने प्रतियाेगितामा तीन पालिकाका  १९ वडाहरू र क्षेत्र क अन्तरगत बेनी नगरपालिका समेत तीन पालिका अन्तर्गतका २६ वडाहरू प्रतियाेगितामा भाग लिने अायाेजकले अपेक्षा गरेकाे छ ।
तरूण दलका कार्यवाहक अध्यक्ष श्रीप्रसाद राेकाका अनुसार दुबै पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजर १११, ट्रफी, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।
त्यस्तै पालिका स्तरिय महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले नगद ७७ हजार ७७७ र द्धितिय हुनेले नगद ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पुरस्कार ब्यवस्था गरिएकाे छ ।
जिल्लाकाे सर्वाधिक लाेकप्रीय खेल भलिवल प्रतियाेगिता मार्फत निस्कृय झै बनेकाे तरूण दललाइ सकृय बनाउने, युवाहरूलाइ तरूण दलमा संगठित गर्ने र सम्बन्ध विस्तार गर्ने र भलिवल खेल मार्फत खेल प्रतिभाकाे विकास गर्ने उद्देश्यले भलिवल प्रतियाेगिता अायाेजना गरेकाे तरूण दलका सचिव सुमन बानियाँले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल