FLASH NEWS
  • Loading...

सुन्तला गाउँमा सुन्तला महाेत्सव, २० कराेडबढी रकम भित्राउँदै

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २७२५ पटक पढिएको
सुन्तला गाउँमा सुन्तला महाेत्सव, २० कराेडबढी रकम भित्राउँदै

बगानभित्र चिटिक्क परेको परम्परागत ढुङ्गेघर, झ्याल, छाना र आगनबाट सजिलै टिप्न सकिने बगानभरी पहेँलपुर भै पाकेका लटरम्म सुन्तला । तर यी सुन्तला अव ब्यापारीका हुन । किसानले त ब्यापारीबाट खनखनी रुपैयाँ बुझेपछि बगैचा नै ब्यापारीलाई जिम्मा लगाएका छन । र म्याग्दी सीमावर्ती पर्वतकाे जलजला गाउँपालिका, १ बाँसखर्क उउटै गाउँबाट २० करोडको सुन्तला विक्रि भएको छ ।

‘सुन्तला गाउ’ नाउ पाएको बाँसखर्कमा शनिवार गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले एक दिने ‘सुन्तला महोत्सव’ उद्घाटन गरेसँगै ब्यापारीले सुन्तला टिप्न सुरु गरेका छन । सुन्तला गाउँसम्म पुग्ने मोटरबाटो राम्रो नहुँदा ढुवानी समस्या भएपछि स्थानीयले मुख्यमन्त्रीलाई नै सुन्तला बगान र बाटो देखाउन सुन्तला महोत्सव गरेका हुन । महोत्सव उद्घाटन गरेपछि मुख्यमन्त्री पाण्डेले आगामी बजेटमा बजेट विनियोजन गर्ने आश्वासन दिए ।
‘सुन्तला गाउँभनेका छौं । पुरै गावै पहेंलपुर छ तर बजार पुर्‍याउन सडक समस्या छ । ठूला गाडी वगान पुग्न सक्ने अवस्था पनि छैन । म्याग्दी बेनीदेखी जम्मा ८ किलोमिटर वाँसखर्क पुग्ने सडक सुधार्न बजेट माग्यो, कहिल्यै नपर्ने त्यसैले मुख्यमन्त्रीलाई नै ल्याएर सडक र सुन्तला बगैचा देखाउन महोत्सव आयोजना गरेका हौं’ जलजला गाउँपालिा अध्यक्ष राजु आचार्यले भने, ‘यति सडक कालोपत्रे गर्न सके सुन्तला सकुसल बजार पुर्‍याउन सजिलो हुन्थ्यो ।’

बाँसखर्कका अगुवा सुन्तला कृषक राजन केसीका अनुसार अघिल्ला बर्षभन्दा सुन्तलाबढी फलेको र सुन्तलाले मुल्य पाएकोले यस वर्ष बाँसखर्कमा २० करोडबढी नगद गाउँ भिक्रिएको हो । ‘गत वर्ष हाम्रो घरबाट ३५ लाखको सुन्तला वित्रि गरेका थियौं, अहिले ५० लाख नघटी आम्दानी हुन्छ नै भन्ने ठानेका छौं’ बाँसखर्कबाट सवैभन्दा बढी सुन्तला बेच्ने राजन केसीले भने, ‘बाँसखर्कका सुन्तला आजदेखी टिप्न सुरु भयो, सुन्तला टिप्न मात्र २ सयबढीले संलग्न छन, योसाताभर सवै सुन्तला उठ्छ ।’

मगर जातीको बाहुल्य रहेको बाँसखर्कमा क्षत्री, बाहुन, दमाई, कामी, छन्त्याल र केही गुरुङ जातिका २ सय ३० घर छन । बस्ती भन्दा केही माथी रहेका ३० घरबाहेक सवै २ सय घरले यतिबेला न्यूनतम १० लाखदेखी ५० लाखसम्म बगानमै सुन्तला बेचेर आम्दानी गरेका छन ।
बाँसखर्कमा सवैभन्दा बढी सन्तला उत्पादन गर्ने जगतबहदुर खत्री, शान्तबहादुर छन्त्याल र हिमकुमार अर्मजा मगरलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले सुन्तला महोत्सवकै अवसरमा बाँसखर्क पुगेर ५ हजार नगदसहित सम्मान गरे ।
अगुवा कृषक जगतबहादुर खत्रीका अनुसार बाँसखर्कमा बेलायती सरकारको अनुदान प्राप्त लुम्ले कृषी अनुसन्धान केन्द्रले उसवेला सुन्तलाका बेर्ना ल्याएर वितरण गरेसँगै २०२८ सालदेखी सुन्तला खेती भित्रिएको हो । २०५० सालमा म्याग्दी बेनीसम्म मोटर आउन थालेसँगै बाँसखर्कमा सुन्तला खेतीको ब्यवसायीकरण सुरु भएको हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल