FLASH NEWS
  • Loading...

म्याग्दी महोत्सवमा १० करोडको ब्यापार, महाेत्सव सकिएकाे भाेलीपल्ट पनी सामानकिन्नेकाे उस्तै भीड

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • ४१८ पटक पढिएको
म्याग्दी महोत्सवमा १० करोडको ब्यापार, महाेत्सव सकिएकाे भाेलीपल्ट पनी सामानकिन्नेकाे उस्तै भीड

१० दिनसम्म संञ्चालित म्याग्दी महोत्सवमा राखिएको स्टलका रेष्टुरेन्ट, स्थानीय तथा स्वदेशी विदेशी फेन्सी, भाँडा समेतका पसलहरुबाट १० करोड बढीको ब्यापार भएको छ । महाेत्सव सकिएकाे भाेली पल्ट माघ ९ गते वेलुकासम्मै स्टलहरूमा सामान किन्न ग्राहकहरूकाे उस्तै बाक्लाे भीड लागेकाेले महाेत्सवकाे काराेवार रकम अझै वढ्ने पक्का छ ।
म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको १० दिने आठौं ‘प्रदेश स्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला, तथा म्याग्दी महोत्सव’को अवसरमा स्थलमा ब्यवसायीक स्टलहरु तथा बाहिर बजारका होटल, रेष्टुरेन्ट एवं प्रायोजक सहयोग समेत १० करोड बढी आम्दानी भएको आयोजकको दावी छ । महोत्सव पुस २८ गते उद्घाटन भै माघ ८ गतेसम्म चलेको थियो ।
‘बेनी जस्तो सानो सहरमा १० दिनमा १० करोडबढीको आर्थिक कारोवार हुनु आर्थिक चलयमानको हिसावले उपलब्धीमुलक रह्यो । कारोवारको तथ्याङ्क आयोजक समितिका पदाधिकारीले र्याण्डम्ली गरिएको सर्वेबाट तयार पारेका हौं’ महोत्सव आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले भने, ‘महोत्सव अवधिमा ब्यवसायीक स्टलमा एउटा रेष्टुरेन्टले सामान्य दैनिक एक लाखको र फेन्सी पसलले दैनिक ६० लाखसम्मको ब्यापार गरे । कलाकारहरुको पारिश्रमिक पनि राम्रो पाए ।’
आयोजकका अनुसार दिनको रातको गरी दुई फरक–फरक रङ्गका टिकट विक्रिको रेकर्ड अनुसार एक लाखबढी आन्तरिक तथा बाहृय पर्यटकहरुले महोत्सव अवलोकन गरे । महोत्सवमा आयोजक, स्टल राख्ने ब्यवसायी, स्थानीय पालिका, खेलाडी, सुरक्षाकर्मीहरु समेत ५ हजारबढीले निःशुल्क पासको उपयोग गरेका थिए ।

महोत्सवमा निर्माण गरिएका कुल २ सय ३० वटा ब्यापारिक स्टलहरुमध्य एक सय ९० वटा स्टल ब्यवसायीक उपयोगमा आएका थिए । बाँकी ३० वटा स्टल स्थानीय उत्पादन गर्ने लघुउद्यमी, कृषक, स्थानीय पालिकाहरु, शैक्षिक संस्थाहरुले निःशुल्क उपलब्ध गराईएको आयोजकले बताएका छन ।
महोत्सवको मुल उद्देश्य प्रदेश स्तरीय कृषी, पर्यटन, औधोगिक ब्यापार मेला भनिएपनि महोत्सवमा अधिकांस स्टलमा विदेशी उत्पादनका सामाग्रीहरु नै बढी विक्रि भए । महोत्सवमा जिल्लाका स्थानीय लघुउद्यमका उत्पादनहरुले खासै ब्यापार नभएको गुनासो गरेका छन ।

‘हाम्रो त खासै ब्यापार भएन । हामीले स्थानीय कृषी उत्पादन तथा लघुउद्यमका सावुन, सरफ आदी विक्रीमा राखेका थियौं । अपेक्षित ब्यापार भएन’ स्टल नं ६२ की डालमायाँ पाईजालले भनिन, ‘आयोजकले स्टल र दुई जना लाई खानाबस्नको ब्यवस्था नगरिदिएको भए त पुरै घाटामा जाने रहेछौं ।’
आयोजकले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्नकालागी स्थानीय उत्पादन संकलनगरी ल्याएर राखेको अर्गानिक कृषी खघु उद्यमबाट उत्पादित पसललाई निशुल्क स्टल र पसलमा सामान बेच्ने दुई जनालाई खानावस्न ब्यवस्था गरिदिएको थियाो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल