- Loading...
भूमि आयोग म्याग्दीको अध्यक्षमा खड्ग गिरी
- पुनहिल डट कम
- ४ हप्ता अघि
- २५२ पटक पढिएको

राष्ट्रिय भूमि आयोगको जिल्ला समितिले म्याग्दीमा खड्ग गिरीलाई संयोजक चयन गरेको छ ।
राष्ट्रिय भूमि आयोग म्याग्दीका संयोजक गिरीसँग ०५२ सालमा सुकम्बासी समस्या समाधान आयोगको पदाधिकारी भै काम गरेको अनुभव छ । भुमि आयोगका पदाधिकारीले आईतवार राजधानीमा पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ ।
भुमी अायाेग कार्यकर्तालाई नियमित आयश्रोत (तलवभत्ता)मा जोड्ने तथा सुकुम्बासी र अब्यवस्थित बसोबासीको नाममा राजनिती गर्ने संस्थाको रुपमा वदनाम छ ।
यस अघि म्याग्दीमा नेकपा समाजवादीका देवेन्द्र कामी संयोजक र माओवादी केन्द्रका खुमनाथ सुवेदी विज्ञ सदस्य नियुक्त थिए । निवर्तमान भुमि आयोगले करिव ३ बर्षमा जिल्लाका १ सय ४८ जना भूमिहीन दलित, १ सय ४० जना भूमिहीन सुकुम्बासी र ५ सय ७७ जना अब्यवस्थित बसोबासी समेत ८ सय ६५ जनाको निवेदन संकलनमा सीमित थियो ।
त्यसैविच यस अघि नै राष्ट्रिय भुमी आयोगले संरक्षण क्षेत्र तथा आरक्ष क्षेत्र भित्र सुकुम्बासी तथा अब्यवस्थित वसोबासीको नाममा तत्काल जग्गा दर्ता नगर्न परिपत्र गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अर्न्तगतका पर्ने अन्नपूर्ण गाउँपालिका, ४, ५ र ६ वडामा सार्वजनिक जग्गा अतिक्रमणगरी निर्माण गरेका घर, गोठ, टहरालाई भूमी आयोग जिल्ला समितिले अब्यवस्थित बसोबासीको नाममा जग्गा वितरण तयारी भएपछि आयोगले परिपत्र गरी जग्गा दर्तामा रोक लगाएको हो ।
राष्ट्रिय भूमी आयोगको च नं २१९ मिती ०८० असोज २६ गतेको निर्देशनात्मक पत्रमा भनिएको छ, ‘अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने जग्गाहरु भूमि सम्बन्धी ऐन २०२१ को दफा ५२ खको उपदफा ४ को ग अनुसार संरक्षित क्षेत्रहरुका जग्गा नाकात्मक सुचिमा पर्ने देखिएकोले हाललाई जग्गा दर्ता सम्बन्धी निर्णय नगर्ने’ उल्लेख छ ।
विवरण अनुसार भूमिहिन दलित र सुकुम्बासी भन्दा अब्यवस्थित बसोबासीको संख्या दोब्वरबढी छ । खासगरी धवलागिरी गाउँपालिकाको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्ने मथेनी, जलजला र गुर्जाघाट क्षेत्रको चरन क्षेत्र तथा अन्नपूर्ण गाउँपालिकाको नारच्याङ, शिख, घार, घोरेपानी समेतका क्षेक्रमा सार्वजनिक जग्गा अतित्रमण गरी बनाएका घरगोठ, पर्यटकीय क्षेत्रका टिहाउसहरु ब्यक्तिका नाममा दर्ता गर्ने प्रयास भैरहेको छ ।
अब्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरको आधार र मापदण्ड, ०७७ अनुसार लगत संकलन कार्यविधीले तोकेको निवेदनको ढाँचामा पारिवारिक विवरणसहित आफ्नो र परिवारको सदस्यले नेपाभर कुनै पनि सरकारी जग्गा वा स्वामित्व सहितको आवास प्राप्त गरेको छैन भनि स्वघोषणा गरी अब्यवस्थित बसोबासीले नगर/गाउँपालिकामा आवेदन दिन पाउने ब्यवस्था छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
