FLASH NEWS
  • Loading...

म्याग्दी महोत्सवका पाहुनालाई टोड्केहिलमा निशुल्क वास

म्याग्दी महोत्सवका पाहुनालाई टोड्केहिलमा निशुल्क वास

बेनीमा आयोजना गरिएको आसन्न म्याग्दी महोत्सवमा (पुस २८–८ माघ सम्म) आएका पाहुनालाई यहाँको एक रिसोर्टले एक रात निःशुल्क वास दिने भएको छ ।
बेनीको शिरमा बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगमस्थल रहेको दुई हजार ४ सय ३० मिटर उचाईमा अवस्थित टोड्केहिल रिसोर्टले म्याग्दी महोत्सव अवधिभर महोत्सवमा सहभागी हुन आएका जो सुकै पाहुनाई पनि एक रात रिसोर्टमा वास (सुत्ने रुम/बेड चार्ज) निःशुल्क सुविधा दिने घोषणा गरेको हो ।
रिसोर्टका अध्यक्ष भीम शेरचनले एक भिडियो सन्देश जारी गरी म्याग्दी महोत्सव अवधिभर टोड्के स्थित टोड्केहिल रिसोर्ट पुग्ने पाहुनालाई पुगेको खण्डमा बास सुविधा निशुल्क दिने भनेको हो । धौलागिरी सेन्चुरी पदमार्गमा पर्ने टोड्केमा ०७५ देखी सुविस्तासहित ३० र एडजस्टगरी ४५ जना, टेन्टमा २५ जनासमेत एक सय पाहुना राख्न सक्ने क्षमताको टोड्केहिल रिसोर्ट खुलेको थियो । ७ जनाको लगानीबाट सुरु गरेको रिसोर्टमा अहिले ३५ जना शेयर सदस्य छन ।
‘हामीले म्याग्दी महोत्सवको अवसरमा आएका पाहुनालाई टोड्के भ्यूपोईन्टमा आर्कषण गर्न रिसोर्ट पुग्ने पाहुनालाई निशुल्क वास (वेड/रुम चार्ज फ्रि) ब्यवस्था गरेका हौं’ टोड्केहिल रिसोर्टका अध्यक्ष भीम शेरचनले भने, ‘रिसोर्टको प्याकेजले जिल्लाको पर्यटन प्रर्वद्धनमा योगदान पुर्‍याउने विश्वास लिएका छौं । टोड्के आउने गाडी ब्यवस्थापनमा सहजीकरण गरेका छौं ।’
बैंकर्स, एनजिओ/आईएनजिओ, कलेजका विद्यार्थी, प्रवासी नेपाली/प्रवासी म्याग्देली, लायन्स, जेसिज, ब्यवसायी, धर्मगुरुहरु र बाहृय पर्यटकलाई लक्षितगरी खुलेको रिसोर्टले ‘अफसिजन’ उपयोग गर्न म्याग्दी महोत्सवको अवसरमा वास (रुम चार्ज) छुट प्याकेज ल्याएको हो ।
धौलागिरी एवं अन्नपूर्ण हिमश्रृखलाका १६ वटा हिमाल दृष्यावलोकन गर्ने सकिने सदरमुकामबाट सवैभन्दा नजिकको गन्तब्य टोड्केलाई सरकारले प्रर्यटकीय गन्तब्यमा सूचिकृत गरेको छ । टोड्के धुरीबाट कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी किनाराका फाँट, जिल्लाका ४५ वटा मध्य ३६ वडाको भुभाग देख्न सकिन्छ ।
टोड्के पुग्न बेनीबाट फरक–फरक ५ वटा कच्ची मोटरबाटो जोडिएको छ । बेनीबाट जीप वा निजी सवारी साधनबाट दुई घन्टामा पुग्न सकिन्छ । साईकलिङ्ग गर्न चाहनेले बेनीबाट अथुङ्गे, तोरीपानी, पात्लेखेत, वाखेतहुँदै टोड्के उक्लेर र पूर्णगाउँ, कुहुँ, ताराखेत, तातोपानीहुँदै फर्कन उपयुक्त छ । टोड्केधुरी धौलागिरी सेन्चुरी पदमार्गको प्रवेश मार्गमा अवस्थित छ ।
दाउरा प्रश्स्त पाईने भएकोले ‘क्याम्प फायर’ रुचाउने पर्यटककालागी टोड्के थप उपयुक्त छ । लोकल कुखुरा वा खशीलाई क्याम्प फायरमा पोल्दै कोदोको रैथाने तीनपानीमा रुचि राख्नेकालागी टेन्ट सहित बस्न सकिन्छ ।
टोड्केमा मृग, घोरल, बाँदर, चितुवा, काजिल, फत्रास लगाएतका वन्यजन्तु एवं पंक्षिहरु अवलोकन गर्न पाईन्छ । टोड्के पुग्ने पदमार्गमा पर्ने तारीपानीमा टिमुरको ब्यवसायीक खेती हेर्न सकिन्छ । टोड्केमा हिन्दुहरुको पवित्र तिर्थस्थल प्युठानको स्वर्गद्वारीको शाखा आश्रम छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल