- Loading...
म्याग्दी महोत्सवको संघारमा सार्वजनिक स्थलमा हुक्का खुल्ला गर्न दवाव
- घनश्याम खड्का
- ६ महिना अघि
- ३५२७ पटक पढिएको

म्याग्दी महोत्सवको मिती नजिक आउँदै गर्दा होटल तथा रेष्टुरेन्ट सघ म्याग्दीलेले बेनी नगर क्षेत्रमा जारी सार्वजनिक स्थलमा हुक्का सेवन प्रतिवन्ध हटाउन दवाव बढाएका छन ।
म्याग्दी होटल तथा रेष्टुरेन्ट संघले पुस ७ गते आइतवार बेनी नगरपालिकालाई निवेदन लेखी हुक्का सेवन तथा विक्रि वितरण खुल्ला गरिदिन आग्रह गरेको हो । संघका कार्यवाहक अध्यक्ष ललिन्द्र थापा हस्थाक्षरित निवेदनमा, ‘हुक्काको सेवन तथा विक्रिवितरणमा प्रतिवन्ध लगाउँदा ब्यापार ब्यवसायमा प्रत्यक्ष असर परेको, बेनी क्षेत्रमा पर्यटक आगमन संख्यामा कमि आएकोले पर्यटक तथा पाहुनाको सुविधाकालागी हुक्का खुल्ला गरिदिन’ अनुरोध गरिएको छ ।
खुल्ला विक्रि वितरण तथा सेवनले किसोर/किसोरी, युवा/युवतीमा मौलाएको हुक्का विकृति रोक्न अभिभावक, विद्यालय, सामाजिक संघसंस्थाको गुनासो बढेपछि बेनी नगरपालिकाले ०८० फागुन १६ गतेदेखी होटल, रेष्टुरेन्ट समेत सार्वजनिक स्थलमा हुक्का विक्रि तथा सेवनमा प्रतिवन्ध लगाएको थियो । प्रचलित कानुनले होटल, रेष्टुरेन्टहरु समेतलाई सार्वजनिक स्थल तोकेको छ ।
आसन्न ८ औं म्याग्दी महोत्सव ( पुस २८–माघ ८ सम्म) को संघारमा महोत्सवको आड लिएर ब्यवसायीले सार्वजनिक स्थलमा हुक्का खरिद तथा सेवन प्रतिवन्ध हटाउन दवाव बढाएका हुन । म्याग्दी उद्योग वाणिज्य संघले मंसिर २३ गते ८ औं म्याग्दी महोत्सव तथा कृषी, ब्यापार मेला ०८१ गर्ने कार्यतालिका घोषणा गरेको थियो ।
स्थानीय सरकार संञ्चालन ऐन ०७४ परिच्छेद ३ को धारा ११ को उपधारा ञ को १४ नं दफामा ‘स्थानिय स्तरमा जनश्वास्थ्यमा प्रतिकुल असर पर्ने किसिमका उपभोग्य वस्तुहरुको बेचविखन र उपभोग तथा वातावरणीय प्रदुषण र हानिकारक पदार्थहरुको नियन्त्रण, अनुगमन तथा नियमन गर्ने अधिकार’ उल्लेख छ।
‘होटल तथा रेष्टुरेन्ट ब्यवसायीले हुक्का प्रतिवन्धमा पुनःविचार गर्नु पर्छ भन्नु भएको छ । हुक्का सुर्तिजन्य पदार्थमा पर्ने र विदेशबाट आयात खुल्ला रहेको र ब्यवसायीले सुर्ति तथा मदिराजन्य पदार्थ विक्रि अनुमति लिएको अवस्थामा हुक्का खुल्ला गर्नु ठिकै जस्तो पनि देखिन्छ’ महोत्सव आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले भने, ‘म्याग्दीको सदरमुकाम रहेको बेनी नगरपालिकामा मात्र हुक्का प्रतिवन्ध रहेकोले संघिय कानुनसँग पनि बाझिएको देखिन्छ । वरु सेवनकर्ताको उमेरहद तोक्ने र नियमन गर्नु उपयुक्त हुन सक्छ ।
ध्रुमपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न आफुभन्दा माथिल्लो पुस्तासंग लजाउने, डराउने किसोरकिसोरी, युवायुवतीहरु रेष्टुरेन्टहरुमा हुक्का निर्धक्क सेवन गर्छन । सूर्तिजन् पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, ०७६ विपरित होटल तथा रेष्टुरेन्ट ब्यवसायीले ‘चेतावनीमुलक शन्देश र चित्र छाप्ने र अंकित गर्नुको सट्टा किसोकिसोरीलाई आकर्षित गर्नेगरी मेनुमै ‘हुक्का एभाईलेवन’ लेख्ने गरेका छन । मेनुमा मात्र होईन, वोर्डमै हुक्का वार लेखेका हुन्छन । अझ रेष्टुरेन्ट वा वारमा बसेर हुक्का सेवन गर्दे गरेको तस्वीर सामाजिक संञ्जालमा राख्ने प्रवृत्तिले कलिला बालबालिकाको सोचाईमा समेत असर पारेको छ । हुक्काले खुल्लमखुल्ला कुलतलाई बढवा दिईरहेको छ ।
‘सूर्तीजन्य पदार्थको विज्ञापन गर्न पाईदैन, तर रेष्टुरेन्टको मेन्युमै हुक्का पाईन्छ भनी उल्लेख गरेका छन । हुक्का सेवन र बेचविखन विकृतिको रुपमा मौलाएको जनगुनासो आएपछि सार्वजनिक स्थलमा हुक्का किनवेच र सेवनमा एक बर्षदेखी प्रतिवन्ध लगाएका हौं’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘होटल तथा रेष्टुरेन्ट ब्यवसायीले हुक्का विक्रिवितरण र सेवन खुल्ला गर्न निवेदन पठाउनु भएको छ । नगरपालिकाले कार्यविधी बनाई हुक्का प्रतिवन्ध कार्यान्वयनमा अहिले सामाजिक क्षेत्रले साथ दिएको छ । फेरी अव विद्यालय, सामाजिक संघसंस्था, अभिभावकहरु समेत सामाजिक क्षेक्रका अगुवाहरुसँग अर्न्तत्रिया गरी रेष्टुरेन्ट ब्यवसायीको मागमाथी छलफल गरी निर्णय गर्छौ ।’
मेयर केसीले थपे, ‘होटल, रेष्टुरेन्ट हुन, सुर्तिजन्य पदार्थ सेवन गर्नेकालागी छुट्टै स्मोक जोन बनाउनु पर्छ तर उहाँहरुले बेड रुपमै एष्ट्रे राख्नु भएको छ, जुन प्रचलित कानुन विपरित पनि छ ।’’
स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रेबेरी आदी फ्लेवरमा पाईने हुक्का सूर्तीलाई चारकोलको कोईला प्रयोग गरी सल्काईन्छ । गाउँघरबाट प्रायः लोप भएको पित्तल र काठबाट निर्मित तमाखु हुक्कालाई काँचका रंगिन भाँडोमा विभिन्न फ्लेवरयुक्त हुक्का प्रयोगमा छन । फेसन र मनोरञ्जनको साधनको रुपमा प्रयोग भैरहेको हुक्का सूतिजन्य पदार्थ सेवन भन्दा सयौं गुणाबढी घातक भएको श्वास्थ्यविदहरुले बताएका छन । विभिन्न फ्लेवरको धुँवा पानीबाट पास भएर फिल्टरहुने भन्दा सुर्तिजन्य पदार्थ र चुरोटभन्दा सुरक्षित छ भन्ने गलत बुझाई झन घातक छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
