Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

६९ औं स्थापना दिवस ः म्याग्दीमा उत्कृष्ट प्रहरी अधिकारी-जवान सम्मानित

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • १७० पटक पढिएको
६९ औं स्थापना दिवस ः म्याग्दीमा उत्कृष्ट प्रहरी अधिकारी-जवान सम्मानित

नेपाल प्रहरीले आज ६९ औं स्थापना दिवस मनाएको छ । म्याग्दीमा पनि विभिन्न कार्यक्रम तथा उत्कृष्ट प्रहरीलाइ सम्मान, पुरस्कारसहित मनाएको छ ।
नेपाल प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३० गते भएपनि प्रहरीले आफ्नो स्थापना दिवस मनाउने प्रचलन धेरैपछि अर्थात् तत्कालीन प्रहरी महानिरीक्षक मोतिलाल बोहराको पालामा २०५२ सालदेखि सुरु गरेको हो।
प्रहरी दिवसमा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा स्थापित प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेर उनीहरुको वीरताको गाथा सुनाउने गरिन्छ।
प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरी निरीक्षक राजन रायमाझी, प्रहरी सहायक निरीक्षक बलबहादुर खड्का, प्रहरी हवल्दार दिपक आले, प्रहरी सहायक हवल्दार खेम परियार, अम्मरबहादुर क्षेत्री, प्रहरी जवान चित्रबहादुर गुरुङ, सविता कुम्हाल र नविन सिंजालीलाई सम्मान गरेको छ ।


प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला न्यायाधिवत्ता गोविन्द उपाध्याय लगायतले सम्मान गरेका थिए । सो समारोहमा प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा बिजयी प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
रस्साकस्सी महिलातर्फ सुनाम भाट, जमुना कुँवर, सविता कुम्हाल, अनिता कुमारी दर्लामी, देउमाया थापा र पुरुषतर्फ सुकबहादुर थापा, नेत्रबहादुर थापा, होमबहादुर नेपाली, खिमबहादुर थापा र यमबहादुर पुन बिजयी भएका उल्लेख छ ।
त्यस्तै ब्याडमिन्टनमा डोलराज थापा र रामु दगामी प्रथम, पुष्पकुमार शाह र रमेश अधिकारी दृतीय हुनुभयो । टेबल टेनिसमा जुद्धबहादुर थापा र अम्मरबहादुर क्षेत्री प्रथम, घनश्याम काउचा र खडकबहादुर घर्ती उपबिजेता बनेका थिए।
भलिबलमा सुकबहादुर थापा, दिलिप काला, सुन्दर कुमाल, धिरज गुरुङ, पूर्णबहादुर पाईजा, सगुन सुनार र नविन सिंजाली पहिले र कृष्ण खड्का, घनश्याम काउचा, खमबहादुर खत्री, चित्रबहादुर गुरुङ, तारा केसी, खिबहादुर थापा, प्रकाश खत्री र विशाल परियारको समुह देस्रे बनेके थिये ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल