FLASH NEWS
  • Loading...

इन्सुरेन्स टुँगाे नलाग्दासम्म धौलागिरीमा मृत्यु भएका पर्यटकको तत्काल उद्धार नहुने

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • ३६० पटक पढिएको
इन्सुरेन्स टुँगाे नलाग्दासम्म धौलागिरीमा मृत्यु भएका पर्यटकको तत्काल उद्धार नहुने

धौलागिरी प्रथम हिमालको ७ हजार ६ सय मिटर उचाईमा मृत फेला परेका ५ जना रसियन आरोहीको शव तत्काल उद्धार नहुने भएको छ ।
हिमालको धेरै माथिल्लो क्षेत्रबाट उद्धारकालागी हिमाली रेस्क्यु टिम परिचालन गर्न ‘इन्सुरेन्स कभर प्रकृया टुँगो नलागेकोले कम्तीमा आज (बुधवार) मृतकहरुको शव उद्धार नहुने पक्का भएको ट्रेकिङ एजेन्सी आईएम ट्रेकिङ एण्ड एक्सपिडिसनको हवला दिँदै जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
‘धवलागिरी हिमालको ७ हजारमाथी मृत फेला परेका रसियन आरोहीहरुको शवको आज त उद्धार संभव भएन । इन्सुरेन्स प्रकृया टुङ्गो नलाग्दा सम्म रेस्कुटिम पठाउन नसकिने ट्रेकिङ एजेन्सीले भनेको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले भने, ‘कहिलेसम्म उद्धार हुन्छ हामीले पनि एसै भन्न सकेनौं ।’
धौलागिरी प्रथम आरोहण गर्ने क्रममा रसियन आरोही एलेक्सज्याण्डर डस्सिको, ओलेक क्लोब्भ, सिस्टीकोभ भाल्दमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको शव मंगलवार ७ हजार ६ सय मिटर उचाईमा खोजीमा गएको हेलिकोप्टरले देखेको थियो । असोज २० गते राती ११ बजे धौलागिरी प्रथम हिमालको ८ हजार मिटरमाथीबाट आरोहण त्यागेर फर्कन लागेको सूचना दिएका आरोहीहरु त्यसपछि सम्पर्कविहीन बनेका थिए ।

धाैलागिरी प्रथम (८१६७ मी.) हिमाल अाराेहणकालागी गएकाे १४ जना सम्मिलित रसियन पर्यटककाे टाेली । यही टाेलीका ५ जनाले धाैलागिरी चुचुराे मुनी ज्यान गुमाए । तस्वीर स्राेत ः पेम्बा शेर्पाकाे फेसवुकबाट

विभागका अनुसार धौलागिरी आराोहणकालागी १४ जना रसियन आरोही सम्मिलित टोली मध्य ८ जना र ६ जनाको दुई टोली बनाई आरोहण सुरु गरेको थियो । आरोहण समुहकै पहिलो टिमका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्कीले धौलागिरीको सफल आरोहणगरी वेस क्याम्पमा ओर्लेको छ भने ६ जनाले धौलागिरी हिमालको टुप्पो नजिक पुगेपछि खराव मौषम र विरामी भै आरोहण त्यागेर फर्केको थियो ।
रसियन पर्यटककौ अर्को ६ जनाको समुह विना अक्सिजन र आरोहण सहयोगी धौलागिरी आरोहणमा निक्लेको थियो । असोज १९ गते क्याम्प २ मा क्याम्प राखेत २० गते चुचुरो तर्फ लागेका थिए । ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरीको ८ हजारमाथी पुगेपछि विरामी भएको टोली आरोहण त्यागेर तल फर्केको संञ्चार सेटमा बताएका थिए । तर त्यसपछि सम्पर्कविहिन बनेका उनीहरु ७ हजार ६ सय मिटरको उचाईमा मृत अवस्थामा भेटिएका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल