FLASH NEWS
  • Loading...

गलेश्वरतिर्थस्थलमा धार्मिक पुस्तकालय स्थापना

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ५०५ पटक पढिएको
गलेश्वरतिर्थस्थलमा धार्मिक पुस्तकालय स्थापना

बेनी नगरपालिका, ९ स्थित गलेश्वरधाम परिसर भित्र हिन्दु सनातन वैदिक धर्म–संस्कृतिका पुराना, आधिकारिक संस्करण सहित महत्वपूर्ण ग्रन्थहरु संग्रहित धार्मिक पुस्तकालय स्थापना गरिएको छ ।
गलेश्वरधाम क्षेत्र विकास कोषले गलेश्वरधाम दर्शन गर्न आउने आन्तरिक एवं बाहृय धार्मिक पर्यटक तथा जिल्ला भित्रका सनातन वैद्धिक धर्म–संस्कृति सम्बन्धी ग्रन्थहरु अध्ययन अनुसन्धान गर्न चाहने अध्यताहरुलाई लक्षित गरी धार्मिक पुस्तकालय संञ्चालनमा ल्याएको हो ।
पुस्तकालयमा हिन्दु धार्मिक ग्रन्थहरुमा बाझिएका विषयलाई टुङ्गो लगाउने निर्यण सिन्धु समेत शुखसागर, १८ पुराण, वेदहरु, गीता, रामायण समेतका आधिकारिक संस्करणका ५ हजारबढी धार्मिक ग्रन्थ/पुस्तकहरु संग्रह गरिएका छन ।
म्याग्दीमा मात्र होईन यस क्षेत्रमै धार्मिक ग्रन्थहरु संग्रहित पुस्तकालय छैनन । अझ अधिकांश धार्मिक कथावाचक पण्डितहरु, पुरेतहरु, धार्मिक गुरुहरुसँग समेत अचेल हिन्दु वैदिक धर्म सम्बन्धी लिखित आधिकारिक संस्करणका पाईन छोडेको छ । धेरै पण्डितहरुको हातमा अचेल धार्मिक ग्रन्थका संक्षिप्त (कि वुक) पुस्तक मात्र पाईन्छन ।


‘यस क्षेत्रमै धार्मिक ग्रन्थहरु मात्र पाईने पुस्तकालयहरु छैनन । अन्य पुस्तकालयहरुमा पाइने धेरै धार्मिक ग्रन्थहरु संक्षिप्त संस्करण (कि वुक) बढी छन । कथावाचक पण्डितहरुकै हातमा आधिकारिक संस्करणका पुस्तक नहुने अवस्था छ । कतै धार्मिक मत बाझिँदा निर्णय खोज्न पनि अव यहाँ आउँदा टुङ्गोमा पुर्‍याउन सकिन्छ’ गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘गलेश्वरधाम धार्मिक तिर्थस्थल मात्र हैन धार्मिक पुस्तक अध्ययन केन्द्र र ज्ञान प्राप्ती स्थल बनाउने उद्देश्यले धार्मिक पुस्तकालय खोलेका हौ । अहिले हिन्दुधार्मिक ग्रन्थहरु मात्र छन, विस्तारै अन्य धर्मका ग्रन्थपनि संग्रह गर्ने सोंचमा छौं ।’
गलेश्वरधाम शिवालय धार्मिक पुस्तकालय स्थापना गर्न अमेरिका निवासी रघु सुवेदी परिवारले ६ लाख ४५ हजार नगद सहयोग गरेका हुन । यही रकमबाट ३ लाख ४५ हजारख खर्चेर पुस्तकालय कक्ष तथा २ लाख खर्चेर भारतको वानरसबाट धार्मिक पुस्तकहरु खरिद गरिएको हो । पुस्तकालयमा अन्य केही संस्थाहरुले धार्मिक ग्रन्थहरु समेत सहयोग गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

गलेश्वरधाम नेपालकै एक प्रसिद्ध तिर्थ मध्यको एक धाम हो । गलेश्वर मन्दीरको मुख्य आर्कषण ज्योर्तिलिङ्ग हो । उक्त शिव लिंङ्ग गरेको गलेश्वर मन्दीर एउटै ९ रोपनी क्षेत्रफलमा फैलिएको विशाल ढुङ्गामाथी रहेको छ ।
गलेश्वर मन्दिर परिसर भित्रै चट्टान वीच लाम्चो आकार परेको एक जल कुण्ड छ । ढुङ्गाको विचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो । त्यसैगरी गलेश्वर शिवालयकै परिसरभित्र अर्को महत्वपूर्ण मन्दीर छ, राधाकृष्णको । मन्दीरमा बैष्णवहरुले मुख्य पुजाअर्चना गर्ने गरेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल