FLASH NEWS
  • Loading...

१ सय १४ औं महिला दिवस ः ‘संविधान र ऐन कानुनमा लेखेर मात्र महिलाका केन्द्रीत मुद्धाले सार्थकता पाउँदैन रहेछ’

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९४० पटक पढिएको
१ सय १४ औं महिला दिवस ः ‘संविधान र ऐन कानुनमा लेखेर मात्र महिलाका केन्द्रीत मुद्धाले सार्थकता पाउँदैन रहेछ’

महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ विश्वभर मनाईएको ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा म्याग्दीका महिलाको अवस्थाका बारेमा सरोकारवालावीच सरोकारवालावीच अन्तक्रिया गरियाे ।

कार्यक्रममा नेपालको संविधान ०७२ ले महिलालाई आर्थिक, सामाजिक, संस्कृतिक, प्रजनन समेत दर्जनौं अधिकारहरुलाई प्रत्याभुत गरेको छ ।  तर संविधान र ऐन कानुनमा लेखेर मात्र महिलाका केन्द्रीत मुद्धाले सार्थकता पाउन सकेका छैनन ।

संविधानको जगमा राखेर हेर्दा नेपाली महिलाहरुको शसक्तिकरण र लैङ्गीक समाजनाको कुरा गर्दा मुलभुत रुपमा संसदीय क्षेत्रमा महिलाको सीट र भुमिका, प्रशासकीय तथा ब्यवस्थापकीय नेतृत्वमा महिलाको अवस्था र आय स्रोतमा महिलाको पहुँच आदी विषयमा प्यानलिष्ट छलफल गरिएको थियो ।

कल्पना केसीले संञ्चालन गरेको प्यानलिष्ट छलफलको पहिलो सत्रमा प्रशासनिक क्षेत्रमा महिलाको अवस्था र आमाको नागरिकता विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, न्यायीक निकायमा लैङ्गीकता र म्याग्दीका महिलाहरुले न्यायीक निकायमा पहुँचको अवस्थाको बारेमा जिल्ला अदालतका शाखा अधिकृत गंगाधर सापकोटाले र बैंकहरुले प्रदान गर्ने सहुलियनपूर्ण कर्जा प्राप्त गर्न महिलाको पहुँको स्थिती बारेमा नेपाल बैंक बेनीकी शाखा प्रवन्धक मुना ताम्राकारले चर्चा गरेका थिए ।

त्यसैगरी दिलु विटालुले संञ्चालन गरेको दोस्रो सत्रमा म्याग्दी जिल्लाका शासकीय क्षेत्र (संसदीय क्षेत्र)मा महिलाको सहभागिता, राजनैतिक निर्णय तहमा पहुँच आदी विषयमा बेनी नगरपालिकाकी उपप्रमुख ज्याती लामिछानेले, लैंङ्गीक हिंसा, सामाजिक घट्नाको अवस्थाबारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मदन कुँवर र महिलाहरुकालागी सामाजिक मनोपरामर्श र योग किन आवश्यक भन्ने विषयमा नविन आनन्द योग केन्द्रका नविन जुग्जालीले चर्चा गरेका थिए ।

त्यसैगरी सुजता खत्रीले संञ्चालन गरेको प्यानलिष्ट छलफलको तेस्रो सत्रमा म्याग्दीमा महिलाहरुको स्वास्थ्य अवस्था, गर्भ निरोधक साधनको प्रभाव र त्यसले पारेको जटिलता, उमेर नपुग्दै गरिने गर्भपतन र सुत्केरी हुने किसोरीहरुको संख्या र त्यसले पार्ने स्वास्थ्य समस्याको बारेमा बेनी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. अन्जु थापा, बालविवाह र त्यसले पारेको प्रभाव तथा म्याग्दीमा बालविवाहको अवस्थाका बारेमा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगर र बैदेशिक रोजगारमा महिलाहरुको अवस्था र वैदेशिक रोजगारी गएका म्याग्दीका महिलाहरुको स्थिती बारेमा बैदेशिक रोजगार सम्बन्धी परामर्शकर्ता प्रमिला पौडेलले चर्चा गरेका थिए ।

जिल्ला समन्वय समिति, बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा १३ वटा सामाजिक संघसस्थाहरुको सहआयोजनामा भएको अन्तक्रिया कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्दै समाजमा ब्याप्त अन्धविश्वास, कुरिती तथा कुसंस्कारले महिलामाथी अन्याय र हिंसा बढाएकोले सामाजिक ब्यवहार नसुध्रेसम्म महिलाको स्थितीमा सुधार नआउने बताईन ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा मगरले नेपालमा महिलाका सवालमा दर्जनौं कानुन बनेपनी ब्यवहारमा कार्यान्वयन नभएको चर्चा गरे । अझ समाज रुपान्त्रण गर्ने भनिएका राजनैतिक दलहरुले भित्राएको चुनावमा गरिने दलिय गठवन्धन संस्कृतिले महिलालाई निती निर्माण तहमा पुर्‍याउने कानुनी ब्यवस्थालाई ब्यवधान पुर्‍याएको भन्दै म्याग्दीका राजनैतिक दलमा एक पटक नेकपा एमाले म्याग्दीको प्रमुखमा थममाायाँ थापाले नेतृत्व गरे वाहेक जिल्लाका कुनै पनि राजनैतिक दलको नेतृत्वमा तथा कुनै सामाजिक संस्थाहरुमा महिला नेतृत्व पुग्न नसकोको बताए ।

कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समितिका उफ्रमुख तथा अर्न्तक्रिया कार्यत्रमकी अध्यक्ष डिलकुमारी खत्रीले संविधानले लैंङ्क विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायसहितको समानुपातिक, समावेशी र सहभागितामुलक समाज निर्माण गर्ने संकल्प गरेको छ । तर कार्यान्वयन भएको देखिदैन । महिलाहरु आफै दलमा संलग्न भएकाले दलमा, सामाजिक क्षेत्रमा सकृय भएकाले त्यही क्षेत्रमा र कानुन कार्यान्वयन र निती निर्माण तहमा रहेका महिलाले तत् क्षेत्रमा महिला हक स्थापित गर्न संर्घष गर्न छोड्न नहुने बताईन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल