FLASH NEWS
  • Loading...

म्याग्दीमा औषतबढी कुष्ठरोगी, हात्तिपाईले, स्क्रवटाइफस र डेङ्गुलाइ पनि उपेक्षा नगराैं

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४५५ पटक पढिएको
म्याग्दीमा औषतबढी कुष्ठरोगी, हात्तिपाईले, स्क्रवटाइफस र डेङ्गुलाइ पनि उपेक्षा नगराैं

सरकारले कुष्ठरोग निवारण भएको घोषणा गरेपनि जिल्लामा औषतबढी कोष्ठरोगी फेला परेका छन ।
स्वास्थ्य कार्यालयको ०७८ पुस मसान्तसम्म जिल्लामा ९ जना कुष्ठरोगीले नियमित बहुऔषधी सेवन गरिरहेका छन । नियमित औषधी सेवन गरिरहेका ९ जना कुष्ठरोगीमध्य पछिल्लो ६ महिनामा ६ जना नयाँ पत्ता लागेका हुन । बाँकी अघिल्लो वर्ष पत्ता लागेका हुन ।
स्वासथ्य कार्यालयका अनुसार जिल्लामा प्रति १० हजारमध्य १.१८ जनामा कुष्ठरोग देखिने गरेको छ । नेपालमा सवैभन्दाबढी कुष्ठ रोग भएका ७ वटा जिल्लामध्य म्याग्दी पनि एक हो ।
सरकारले ०६६ माघ ५ गते देशबाट कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो ।
‘कुष्ठरोग निवारण गर्दा तोकिएको राष्ट्रय मापदण्डभन्दा बढी कुष्ठरोगी म्याग्दीमा फेला परेका छन’ कुष्ठरोग दिवसको अवसरमा आयोजित पत्रकार अन्र्तक्रियामा स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘पहिचान भएका सवै कुष्ठरोगीले बहुऔषधी सेवन गरिरहेका छन । रोग सर्नबाट रोक्न रोगीका परिवारका सदस्यहरुलाई पनि औषधी खुवाईएको छ ।’


त्यसैगरी जिल्लामा हात्तिपाईले, स्क्रवटाइफस र डेङ्गु समेतका उपेक्षित रोगहरु पनि वर्षेनी बढ्दै गैरहेका छन ।
हात्तिपाईले, स्क्रवटाइफस र डेङ्गु आदी रोग नियन्त्रण गर्न सर्वसाधारण मात्र होईन, स्थानीय देखी संघिय सरकारले पनि उपेक्षित गरिरहेको छ । सवैले उपेक्षा गर्ने गरेको तर निक्कै कष्टकर रोगलाई पछिल्लो समय उपेक्षित रोग भनेर सम्बोधन गर्न थालिएको छ ।
हात्तिपाईले र डेङ्गु छुट्टाछुट्टै प्रजातिका लामखुट्टेले संक्रमित मान्छेबाट निरोगी मान्छेलाई टोक्दा सर्छ । स्क्रवटाफस भने वनजंगलमा पाईने एक प्रकारको किर्नाले मानिसलाई टोक्दा लाग्ने रोग हो । समयमै र सही उपचार हुन नसके स्क्रवटाइफस र डेङ्गुबाट विरामीको मृत्यु समेत हुक्ने श्वास्थ्य कार्यालयले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल