FLASH NEWS
  • Loading...

बेनी–गलेश्वर सडक खण्ड अलपत्र

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४६८ पटक पढिएको
बेनी–गलेश्वर सडक खण्ड अलपत्र

पूर्वाधार विकास कार्यालय म्याग्दी र बेनी–जोमसोम–कोरोला सडक आयोजना विच स्वामित्व विवादहुँदा सदरमुकाम बेनीदेखी गलेश्वरसम्मको ३ किलोमिटर सडक खण्ड बजेट विहीन भै अलपत्र परेको छ ।
पूर्वाधार कार्यालयले सो खण्ड बेनी–जोमसोम–कोरोला सडक आयोजनालाई हस्तान्त्रण गर्ने सूचिमा राखेकोले बजेट विनियोजन नगरेको र आयोजनाले हस्तान्त्रण नभएको भनी बजेट विनियोजन नगरेकोले बेनी–गलेश्वर खण्ड गत वर्षदेखी लगातार बजेट विहीन भएको हो ।
‘बेनी–गलेश्वर खण्डमा गत वर्ष केही भाग कालोपत्रे गरिएको र उक्त काम विग्रेभत्केमा मर्मत गर्नु पर्ने एक वर्षको म्याद भर्खर गुज्रेकोले अव हामी यो खण्डलाई कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनालाई हस्तान्त्रण गर्ने तयारीमा छौं’ पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले भने, ‘ठेकदारको म्याद रहँदै सडक अर्को कार्यालयलाई हस्तान्त्रण गर्न मिलेन । सडककै स्वामित्व हस्तान्त्रण हुने भएकोले कार्यक्रम बजेट राख्ने अवस्था पनि रहेन । आयोजनाले बास्केटबाट रकम झिकेर मर्मतसंभार गर्न सक्छ ।’
पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनी–गलेश्वर खण्ड अन्र्तगत गत वर्ष कालीपुल मोटरेपुलबाट डल्लेपिपलसम्मको ७ सय मिटर सडक कालोपत्रे गराएको र उक्त ठेक्काको मर्मत गर्ने एक बर्षे म्याद ०७८ पुस २९ गतेसम्म सकिएको छ ।
पूर्वाधार कार्यालयले बेनी–जोमसोम–कोरोला सडक आयोजनालाई हस्तान्त्रण गर्ने सडक भनी बेनी–गलेश्वर खण्डमा अघिल्लो आर्थिक बर्षदेखी मर्मत तथा स्तरउन्नत दुवै शिर्षकमा बजेट राख्न छोडेको छ । गत मनसुनमा पनि यो खण्डमा पहिरोले सडक अवरुद्ध हुँदा बजेट नभएको भन्दै पूर्वाधार कार्यालय पन्छेपछि नगरपालिकाले काम चलाउ डाईभर्सन बनाई यातायात सञ्चालन गरेको थियो । जुन अहिलेपनि यथावत छ ।
त्यसैगरी बेनी–जोमसोम–कोरोला सडक आयोजनाले पनि बेनी–गलेश्वर ३ किमी खण्ड आफुहरुलाई हस्तान्त्रण नभएको भन्दै मालढुङ्गा–बेनी, गलेश्वर वल्लोछेउदेखी पल्लोछेउ राहुघाट खोलासम्म १.३ किमी सडक स्तर उन्नत गराउन ठेक्का गरी काम सुरु गरेको छ । तर बेनीदेखी गलेश्वरसम्मको विच भागमा चालु बर्षमा पनि पूर्वाधार कार्यालय र आयोजना दुवै निकाय जिम्मेवारीबाट पन्छिन खोज्दा चालु आवमा बजेट विहिन अवस्थामा छ । यो अवस्था यथावत रहे, आगामी मनसुनमा पनि बेनी–गलेश्वर खण्डमा पहिरोले दुख दिने प्राय:निश्चित देखिन्छ ।
‘पर्वतको मालढुङ्गादेखी बेनीहुँदै मुस्ताङको जोमसोम, कोरोलासम्म आयोजनाले ठेक्का लगाई धमाधम काम गरिरहेको छ । यत्ति बेनी–गलेश्वरसम्मको ३ किलोमिटर सडक हस्तान्त्रण गर्न आनकानी भैरहेको छ’ आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘यही विचको तीन किमी बाहेक तल–माथी धमाधम काम गरिरहेका छौं । यदी हाम्रो जिम्मेवारीमा आयो भने ठेक्काको कागजी प्रकृया गरी अर्को आवबाट वल्न काम गर्न सकिएला ।’
जिल्ला सदरमुकाम मोटरबाटोले जोड्ने निती अनुसार ०५८ मंशिरदेखी बेनी–जोमसोम ७६ किमी सडक निर्माण सेनालाई दिईएको हो । सेनाले ०६४ फागुन २३ गते सेना दिवसको अवसरमा पाईलट ट्रयाकमा यातायात खुल्ला गरेको थियो । सेनाले बेनी–जोमसोम ट्रयाक ०६९ वैशाख २२ गते सडक विभागलाई हस्तान्त्रण गरेको थियो ।
सडक विभागले बेनी–जोमसोम–कोरोला सडकलाई राष्ट्रिय प्राथकितायुक्त योजनामा समावेस गरी छिटोछरितो काम गर्न आव ०७२ देखी कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना स्थापना गरी काम थालेको थियो । आयोजनाले बेनी–जोमसोम ७६ किलोमिटरलाई आव ०७३/०७४ जेठमा सवै संरचना र ७ मिटर कालोपत्रे सहित ११ मिटर चौडा सडक गर्न ठेक्का लगाउँदा सडक विभागले बेनी–गलेश्वरसम्मको ३ किलोमिटर सडक हस्तान्त्रण गरेको थिएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल