FLASH NEWS
  • Loading...

भारी हिमपातले वस्ती विच्छेद, भोलीसम्मै हिउँ पर्ने संभावना

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३६४ पटक पढिएको
भारी हिमपातले वस्ती विच्छेद, भोलीसम्मै हिउँ पर्ने संभावना

मंगलवार रातीदेखी जिल्लाको अधिकांश वस्तीमा हिमपात जारी छ ।

भारी हिमपातले धवलागिरी गाउँपालिका, १ गुर्जा समेत माथिल्ला भेगका वस्तीहरू विच्छेद भएका छन । जल तथा मौषम विभागले जारी गरेको सूचना अनुसार म्याग्दी समेत गण्डकी प्रदेशमा भोली विहिवारसम्मै हल्कादेखी मध्यम वर्षा र हिमपातको संभावना यथावत छ ।


त्यसैगरी जिल्लाको घोरेपानी/पुनहिल, खोप्रा, टोड्के, रुईसेसमेत बाक्लो हिउँ थुप्रो लाग्दै गर्दा वरपरका वस्तीबाट युवायुवती हिउँ खेल्न पुग्न थालेका छन । सदरमुकाम वरपरका डाँडामा पनि हिमपात हुन शुरु भएको छ । उपल्लो क्षेत्रमा हिउँ परेकोले तल्लो क्षेत्रमा भने अत्याधिक चिसो बढेको छ ।
बुधवार दिउँसोसम्म हिमपात जारी छ । लामो खडेरीपछिको हिमपात र बर्षा भएकोले कृषक कष्टकर जनजीवन विचपनि उत्साही छन ।


‘आकाशे पानीमा निर्भर हाम्रा खेतवारीका गहुँ, जौ लगाएत हिउँदेवाली सुक्न थालेको थियो । असोजपछि पहिलोपटक पानी परेकोले हिउँदे खेतीलाई राहत भएको छ’ अन्नपूर्ण गाउँपालिका, ५ शिखका कृषक तेसराम पुर्जाले भने, ‘हिउँ परिरहेको छ, अझै कति पर्ने हो । हिउँपर्दा जनजीवन कष्टकर भएपनि हामी खुशी छौं । गहुँ, जौ, औवा जस्ता खेतीवाली र स्याउ समेतका हिमाली फलफुल समयमा हिउँ पर्दा फस्टाउँछन ।’
भारीहिमपात जारी रहेपछि पैदलमार्ग अवरुद्धहुँदा धवलागिरी गाउँपालिकाको गुर्जा, नाउरा, रघुगंगा गापाको कुईने लगाएत क्षेत्रमा बुधवार विद्यालयमा विद्यार्थी आउन सकेनन । हिमपात भएका वस्तीमा मात्र होईन चिसो बढेपछि वेंशीका विद्यालयमा पनि साना वालबालिका विद्यालय जान सकेनन । शिख माविका शिक्षक वेग पुनले अधिक चिसाे भएकाेले विद्यालय बन्द गरिएकाे सामाजिक सञ्जाल फेसवुकबाटै जानकारि गराएका छन ।
हिमालपारी हिउँको थुप्रो
विश्व सम्पदा सूचिमा प्रस्तावित ‘माटोको शहर’ मुस्ताङ्गको उपल्लो भेग लोमन्थाङ समेत हिमालपारीको जिल्ला मुस्ताङका सवै पहाड, खेती र वस्ती बाक्लो हिउँको थुप्रोले ढाकिएको छ ।


मुस्ताङका बालुवाका पहाड, बाटो, खेत र घरहरु अहिले सेताम्मे हिमाल झै बनेका छन । हिमपात भएकोले अत्याधिक चिसो बढेको छ । एक वस्तीबाट अर्को वस्तीमा आवात–जावत गर्न पदमार्ग विच्छेद भएकोले मुस्ताङ्गको उपल्लो भेगको जनजीवन प्रभावित छ ।

‘हिउँले गर्दा हिडडुल र वल्लोपल्लो गाउँ गर्न गाहे भएको छ, चिसो अत्याधिक छ’ मुस्ताङको थासाङ गाउँपालिकाका इन्जिनियर विष्णुप्रसाद वास्तोलाले भने, ‘हिउँ धेरै ढिलो पर्‍यो, यो तीन फिट बाक्लो हिमपात पहिला पहिला भन्दा ज्यादै न्यून हो । थासाङ मुस्ताङको तल्लो भेगमा पर्ने भएपनि नजिकै धवलागिरी, टुक्चे र निलगिरीहिमाल रहेकोले अधिक बाक्लो हिउँ पर्छ ।’
मुस्ताङ्गका लोमन्थाङ्ग, छोसेर, छोनुप, चराङ्ग, घमी लगाएतका मुक्तिनाथ माथीका वस्ती स्थलमार्गबाट विच्छेद भएका छन । बाटोमा बाक्लो हिउँ जमेकोले बस्तीबाट अर्कोमा समेत विच्छेद भएका हुन । हिउँ जमेको र हिउँपछि पानी परेकोले परम्परागत माटोको मुण्डे घरहरु चुहिन थालेका छन ।
भारी हिमपात जारी रहे मुस्ताङका भेडाच्याङ्ग्रा र चौरीलाई चरन समस्या हुने र हिउँले छोपिएर मर्ने जोखिम बढेको छ ।
भारी हिमपात हुँदा मुस्ताङ्गका स्याउ कृषक सवैभन्दाबढी खुशी भएका छन । मुस्ताङ्गको मुख्य खेती स्याउ खेतीलाई हिउँदमा जति धेरै हिउँ पऱ्यो उत्ति नै राम्रो मानिन्छ । बलौटे माटोको थुप्रो रहेको मुस्ताङ्गको भुगोलमा जतिधेरै सयम हिउँ जम्यो उत्तिनै चिस्यान कायम हुने भएकोले राम्रो मानिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल