FLASH NEWS
  • Loading...

बालबालिकामा देखिएको हात, पैताला तथा मुखको रोग के हो ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५८३ पटक पढिएको
बालबालिकामा देखिएको हात, पैताला तथा मुखको रोग के हो ?

म्याग्दी सदरमुकाम बेनीका १० बर्ष मुनिका बालबालिकाको हात,पैताला तथा मुखमा स-सना राता बिमिरा अाउने कोक्सेक्की भाइरस र इन्टेरो भाइरस ७१ धेरै देखिएकाे छ । पछिल्लो समय बालबालिकामा एकै खालको छातीको संक्रमण फैलिएको बेला पुनः अर्को नयाँ रोग (ह्याण्ड, फुट, माउथ डिजिज) को संक्रमण बढेको हो ।

बेनीका विभिन्न स्कुलका मन्टेश्वरीमा अध्ययनरत बालबालिकामा ज्वरो आउने, खाना नरुच्ने, घाँटी दुख्ने, जिब्रो, गिजा, गाला, पैताला र हत्केलामा रातो बिमिरा आई पानी र पिप जस्तो घाउहरु देखिने समस्या फैलिएकाे ति विद्यालयले जनाएका छन ।

यो रोग लागेमा के-के कुराहरुमा ध्यान दिनुपर्छ ?
– बिरामी बच्चालाई धेरै पानी खुवाउने
– नरम खाना तथा झोलिलो खाने कुराहरु खुवाउने
–  पर्याप्त मात्रामा आराम गराउने
–  मुखको अल्सरबाट आउने ज्वरो र दुखाइ कम गर्नका लागि सो अनुसारको उपचार दिने
– बिरामी बच्चाको सम्पर्कमा आएपछि साबुनपानीले हात धुने

यो रोग कसरी सर्छ ?
बिरामी बच्चाको सिँगान, र्याल खकार साथै फोकाको पिपबाट यो रोग सर्न सक्छ।

रोकथामको उपाय
नियमित सरसफाइ नै यस रोगबाट बच्ने मुख्य उपाय हो।
सामान्यतया यो रोग एक हप्तमा सञ्चो हुन्छ तर कुनै कठिनाई भएमा तुरुन्तै अस्पताल गई स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।

(स्राेत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल