- Loading...
एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा चयन
- पुनहिल डट कम
- ३ साल अघि
- २१८ पटक पढिएको

केन्द्रीय कमिटीको अाइतवार भक्तपुरमा सम्पन्न दाेस्राे पूर्ण वैठकबाट एमाले गण्डकी अध्यक्षमा म्याग्दीका नवराज शर्मा चयन भएका छन् ।
२०४१ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका शर्मा २०४२ देखि २०५४ सालसम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहेका थिए । २०५४ सालमा जिविस म्याग्दी सभापति रहेका शर्मा यसअघि गण्डकी प्रदेश कमिटी सदस्य थिए । शर्माले बाग्लुङकाे पश्चिम र मुस्ताङ जिल्ला सचिवकाे जिम्मेवारी पनि सम्हालेका थिए ।
कमिटीको उपाध्यक्षमा स्याङ्जाका मोहन रेग्मी चयन भएका छन् । उनी गण्डकी प्रदेश सांसद हुन् । विधायन समितिको सभापतिको रुपमा पनि उनले काम गरिसकेका छन् । सचिवमा लमजुङका धनञ्जय दवाडी चयन भएका छन् । उनी गण्डकी प्रदेश सांसद हुन् । सहसचिवमा भने मञ्जु अधिकारी र रश्मी आचार्यलाई चयन गरिएको छ । एमाले नेतृ मञ्जु अधिकारी पर्वतको फलेवास नगरपालिकाकी उपमेयर हुन् भने रस्मी अखिलको केन्द्रीय उपाध्यक्षबाट बिदा लिएर भूगोलको राजनीति गर्न आएका हुन् ।
त्यसैगरी वैठकले नेतृ थममाया थापालाइ नेकपा एमालेको स्थायी कमिटी सदस्य मनोनित गरेकाे छ । अनेमसंघकाे केन्द्रीय अध्यक्ष समेत रहेकी थापा यस अघि पनि पाेलिटब्युराे सदस्य थिइन । पिएन क्याम्पसबाट राजनितीमा अाएकी थापा ०४८ सालमा प्रतिनिधी सभा सदस्य भएयता कहिल्यै पछि नफकेर्की र लाभकाे पदमा पुग्न सकेकी थापा यस पटक स्थायी कमिटीमा उक्लेकी हुन ।
एमाले केद्रीय कमिटीमा गण्डकीका ५ जना
एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गर्दा गण्डकीबाट पोखरा महागनरपालिकाकी उपमेयर मञ्जु गुरुङ, बालकृष्ण काउछा मगर, पदम गिरी, कल्पना चापागाइँ, सूर्य पाठक र चन्द्रमोहन गौचनलाई मनोनित गरेका हुन् ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
