FLASH NEWS
  • Loading...

कपिलवस्तु जिल्लामा झाडापखाला नियन्त्रण बाहिर, खोपको तयारी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २६२ पटक पढिएको
कपिलवस्तु जिल्लामा झाडापखाला नियन्त्रण बाहिर, खोपको तयारी

कपिलवस्तु जिल्लामा झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य कार्यालय कपिलवस्तुले खोप ल्याउने तयारी गरेको छ।

स्वास्थ्य कार्यालयले खोपका लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए। उनले साढे २ लाख खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय गरिसकेको जानकारी दिए। खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले बताए।

पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ। खोपसँगै नागरिकले पनि सफा पानी पाउने, हात धुने लगायत सरसफाइमा विशेष ध्यान दिएमा मात्र नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ।

अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा १ हजार ३३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएका थिए।

अहिले पनि दैनिक १० जनाभन्दा बढी उपचारत रहेको शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीको भनाइ छ। अहिलेसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्यु भएको छ। अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

कृष्णनगर नगरपालिका–९ बाट असोजको मध्यदेखि सुरु भएको झाडापखालाको प्रकोप शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका बासिन्दामा समेत देखा परेको थियो। अस्पतालमा भर्ना भएका वेला दिसा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो। 

‘केही दिन कम भएको थियो, पछिल्लो समय फेरि दैनिक ८,१० जना बिरामी आउने गरेका छन्’, शिवराज अस्पतालका डा. मुकेश चौधरीले भने, ‘अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन, पहिलाको तुलनामा केही कम भएको छ।’

गाउँमा झाडाबान्ता र पखालाका बिरामी अहिले पनि रहेका छन्। शिवराज नगरपालिका–७, ८ का गाउँमा झाडापखाला देखा परे पनि अहिले नियन्त्रण रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए। *थाहाखवरबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल