FLASH NEWS
  • Loading...

दरवाङ सवस्टेसन निर्माण ढिलाईहुँदा पश्चिम म्याग्दीका वस्तीमा विधुत अनियमित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २९५ पटक पढिएको
दरवाङ सवस्टेसन निर्माण ढिलाईहुँदा पश्चिम म्याग्दीका वस्तीमा विधुत अनियमित

जिल्लाको पश्चिम भेगको मालिका गापा, ६ रातोढुङ्गा ३३/११ केभीए सवस्टेसन समयमै निर्माण नहुँदा पश्चिम भेगका विधुत उपभोक्ता दैनिक पटक–पटक विधुत ‘ट्रिप’ हुने समस्याबाट हैरान छन ।
ठेकदारको लापरवाही र अति ढिलासुस्तीले मालिका गाउँपालिका, ६ रातोढुङ्गा (दरवाङ्ग)मा निर्माणाधिन ३३/११ केभि सवस्टेसन दुई बर्षदेखी अलपत्र छ ।
जिल्लाको पश्चिम क्षेत्रका मंगला, मालिका र धौलागिरी गाउँपालिका क्षेत्रमा केन्द्रीय प्रशारण लाईनको विजधुत आपूर्ति सहज बनाउन विधुत प्राधिकरणको आयोजना ब्यवस्थापन निर्देशनालय टेकु अन्र्तगतको विधुत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाले सन् २०१८ डिसेम्बर भित्र सम्पन्न गर्नेगरी राकेश अग्रवाल संञ्चालक रहेको ए टु जेड इन्जिनियरिङलाई सन २०१६ मा ठेक्का दिएको थियो ।
विधुत प्राधिकरणका अनुसार मिलनचोक सवस्टेसनबाट सिङ्गलफेज लाईनबाट संञ्चालित ११ केभिए फिडर लाईनले ८० किलोमिटर टाढासम्म करिव सयवटा सानाठूला ट्रान्सफर्मरको लोड हुँदा बारम्बार समस्या आएको हो ।
‘रातोढुङ्गा सवस्टेसन निर्माण ढिलाई हुँदा हामी पश्चिम भेगका उपभोक्ता मारमा परेका छौं । तीन वर्ष अघि निर्माण भैसक्नु पर्ने रातोढुङ्गा सवस्टेसन निर्माण नहुँदा विधुत वितरण प्रणालीमा समस्या आएको छ’ मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले भने, ‘हामीले पटक–पटक सरोकारवाल निकायको ध्यानाकर्षण गऱ्यौं । प्रदेश सरकार मातहतको भएकोले मुख्य मन्त्रीदेखी विभागित मन्त्री, सचिवलाई जानकारी गरायौं तर कसैले चासो राखेन ।’
आयोजनाका अनुसार सवस्टेसनको सिभिल तर्फ कन्ट्रोल विल्डिङ, स्टाफ विल्डिङ र स्वीचार्ड गरी तीन संरचना तथा इलेक्ट्रिक तर्फ पर्वत जललजा गापाको मिलनचोक सवस्टेसनबाट २२ किमी ११ केभिए प्रशारण लाईन, उपकरण जडान तथा मालिका गापाको रुम, देविस्थान समेत २५ किमीबढी वितरण लाईन एवं १२ वटा ११ केभीए क्षमताका ट्रान्सफर्मर जडान गर्ने गरी एटुजेडले ८ करोडमा ठेक्का लिएको हो ।
‘जिल्लाका पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकामा विधुत लाईन ब्यवस्थापन गर्न यो सवस्टेसन बन्न लागेको हो । ३–४ बर्ष अघि नै सकिनु पर्ने आयोजना अझै बन्न नसक्दा उपभोक्तालाई विधुत नियमित नहुने हामीलाई सास्ती र जोखिमबढी हुने भएको छ’ विधुत प्राधिकरण बेनी वितरण केन्द्र प्रमुख प्रशान्तकुमार झाले भने, ‘झण्डै ८० किलोमिटर लामो ११ केभिए प्रशारण लाईन, सयौं किमी लामो वितरण लाईनको कतै सानोसमस्या आए पुरै क्षेत्र विधुत बन्द गर्नु पर्ने हैरानी, सवस्टेसनले मात्र समाधान गर्छ ।’
विधुत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाको गण्डकी प्रदेश हेर्ने कार्यालय दमौली तनहुँ कार्यालयका अनुसार सवस्टेसनर्को भवन निर्माण, स्वचार्डको काम करिव सकिएको छ । इलेक्ट्रीक तर्फ प्रशारण लाईनका केही पोल गाढेको भएपनि मिलनचोकदेखी २२ किमी परको रातोढुङ्गा सवस्टेसनसम्म पुग्ने ११ केभिए प्रशारण लाईनको काम बन्न सकेको छैन ।
‘ठेकदारलाई नै समयमा काममा परिचालन गर्न सकिएन । ढिला भएपनि रातोढुङ्गा (दरवाङ) सवस्टेसनको आन्तरिक काम धेरै सकिएको छ । ११ केभिए प्रसारण लाईन निर्माण विवाद रहेकोले काम रोकिएको अवस्था छ’ विधुत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाबाट गण्डकी प्रदेश हेर्ने कार्यालय प्रमुख कपिल पाण्डेले भने, ‘छठपछि कामले गति लिने विश्वास छ । लाईन पर्ने क्षेत्रमा देखिएको विवाद सुल्झिए यो वर्ष सवस्टेसनको काम पुरा हुन्छ ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल