- Loading...
कोरोनाकालमा पनि पर्यटन पूर्वाधारमा लगानी
- पुनहिल डट कम
- ३ साल अघि
- २२० पटक पढिएको
![कोरोनाकालमा पनि पर्यटन पूर्वाधारमा लगानी](https://www.punhill.com/wp-content/uploads/2021/09/20210812_175531.jpg)
कोरोना महामारीको कारण पर्यटकीय गतिविधी ठप्प भएपनि पर्यटन पूर्वाधारमा लगानी भने रोकिएको छैन । जिल्लाको पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा होटल वन्नेक्रम जारी छ ।
बेनी नगरपालिका, ४ स्थित सिंङ्गा तातोपानीमा बेनीका ब्यवसायी प्रमोद श्रेष्ठले १५ करोड लगानीमा ‘श्रेष्ठ होटल हटस्प्रीङ’ होटल निर्माण भैरहेको छ । परम्परादेखी नै यहाँको तापानीको पोखरीमा डुवुल्किी मारेर गरिने प्राकृतिक उपचार गराउन आउने विरामीलाई लक्षित गरी होटल खोल्न लागिएको हो । ६ वटा स्वीट समेत ३८ वटा गेष्टरुम रहेको होटल यही दशैंबाट संञ्चालनमा ल्याउने तयारी छ । होटलमा १ सय ५० जना अट्ने सभाहल रहेको छ ।
‘अहिले होटल निर्माण अन्तिम चरणमा छ । कोरोनाकालमा होटल निर्माण थालियो, पर्यटन क्षेत्र कहिले फेरी वुँझिने विश्वास छ’ निर्माणाधिन होटल श्रेष्ठ हटस्प्रीङका प्रमोद श्रेष्ठले भने, ‘कोरोना विरुद्धको खोप सवैले पाएपछि पर्यटकको ओईरो लाग्ने विश्वास छ ।’
त्यसैगरी संसारको सर्वाधिक गहिरो गल्छीमा पर्ने अन्नपूर्ण गाउँपालिका, २ स्थित भुरुङ तातोपानीमा अर्का ब्यवसायी राजु हमालले २० करोड लगानीमा ‘होटल नेचुरल स्प्रीङ’ निर्माण थालेका छन । २५ डिलक्स, ८ स्वीट रुम समेत ५७ गेष्ट रुम रहने ७ तल्ले होटलको स्टक्चरको काम सकेर, रङरोगन, टायल राख्ने र सजावटको काम भैरहेको होटलले जनाएको छ । अन्नपूर्ण तथा निलगिरी वेस क्याम्प तथा हिमालपारीको मुस्ताङ भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी ठूला र सविधायुक्त होटल खोल्न थालिएको हो ।
‘कोरोना महामारीले होटल निर्माणमा ढिलाई भएको हो । कहिले मजदुर पाईएन । कहिले मनसुनले सडक विग्रेकोले पनि सहज ढुवानीमा समस्या आएको छ । अर्को दशैंसम्म होटल सञ्चालन गर्ने गरी काम भैरहेको छ’ होटल संञ्चालक राजु हमालले भने, ‘कोरोना कालमा होटल सुरु गरियो । परिस्थिती असहज हुँदा मुल्य अचाक्लिी बृद्धीले लागत बढेको छ ।’
त्यस्तै, दामोदरकुण्ड, मुक्तिनाथ र गलेश्वरधाममा आउने स्वदेशी तथा भारतिय धार्मिक पर्यटकलाई लक्षित गरी बेनी नगरपालिका, ९ मा पर्ने गलेश्वरमा करिव ५ करोड लगानीमा होटल मदरल्याण्ड इन धमाधम निर्माण भैरहेको छ ।
स्थानीय होटल ब्यवसायी टंकलाल श्रेष्ठले भारतिय धार्मिक पर्यटकलाई लक्षितगरी ठूलो र सुविधायुक्त होटल निर्माण थालेको हुन । अगामी तिहारसम्ममा होटल संञ्चालनमा ल्याउने गरी काम भैरहेको संञ्चालक श्रेष्ठले बताए ।
‘मेरो सानो होटल ब्यवसायको अनुभव र सम्बन्धको जगमा ठूलो र सुविधायुक्त होटल निर्माण गरेको हो । गलेश्वर र मुक्तिनाथ जाने धेरै भारतीय पर्यटकले गलेश्वरमा राम्रो होटल नपाएको गुनासो गरेपछि कोरोना कहरमा पनि होटल थप्ने आँट गरेको छु’ ब्यवसायी टंकलाल श्रेष्ठले भने, ‘कोरोनाले घरमै थुनिएका, मानसिक तनावमा रहेकाहरु खोप लगाएपछि अव भ्रमणमा निक्लन्छन ।’
त्यस्तै प्रशिद्ध पर्यटकीय गन्तब्य घोरेपानी/पुनहिलको ब्यवसाय कोरोना कहरले ठप्प छ । कोरोना माहामारी फैलिँदा नेपाल भ्रमणकालागी आउने विदेशी पर्यटकको संख्यामा कमि आएको छ । जंगलको विचमा अवस्थित पुनहिलमा होटल बाहेक अन्य ब्यवसाय नभएकोले यहाँका ब्यवसायी फुर्सदमा छन । यतिवेला पुनहिलका पर्यटन ब्यवसायीले आफ्ना होटलका पुराना संरचना भत्काएर नयाँ बनाउन जुटेका छन ।
त्यति मात्र होईन, कोरोना कहरले पर्यटन नआएपछि फुर्सदमा रहेको घोरेपानी/पुनहिलका पर्यटन ब्यवसायीले आफ्नो ब्यवसाय मात्र होईन, पाहुनाको बसाई लम्बाउने उपायको खोजीमा पनि लागेका छन । ब्यवसायीले पर्यटकको पदमार्ग सुधार गर्ने, भ्यू पोइन्टमा आराम कूर्सी राख्ने, घोरेपानी–प्यारीवराहसम्म साईकल तथा पोनी ट्रेक रुट निर्माण गर्ने समेतका पूर्वाधार थप गरेका छन । घोरेपानीमा मगर संग्राहलय निर्माण गरिएको छ । पुनहिलसम्म पुग्ने बाटोमा ढुङ्गा विच्छाउने, भ्यू पोइन्ट, उकालो बाटो र पुनहिलका भ्यू पोईन्टहरुमा आराम बेञ्चहरु, कफी हाउस जस्ता पूर्वाधारहरु थप गरिएको हो ।
‘पुनहिल पुग्ने बाटो साँघुरो र चिप्लो भएको थियो । अहिले पुरै ढुङ्गाको छपनी विच्छाएको सिँढी र उकालोमा पर्यटकलाई सुस्ताउनकालागी विच–विचमा आराम बेञ्च राखेका छौं’ घोडेपानी पर्यटन ब्यवसायी टेकसर बुद्धुजाले भने,–‘पर्यटन ब्यवसायी, आमा समुह र युवा क्लवको योगदान उल्लेख्य छ ।’
![फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड](https://www.punhill.com/wp-content/uploads/2025/01/IMG_9429-500x350.jpg)
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)