FLASH NEWS
  • Loading...

बामदेवले पार्टी छाडे पत्नी तुलसा थापा भने एमालेमै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३३४ पटक पढिएको
बामदेवले पार्टी छाडे पत्नी तुलसा थापा भने एमालेमै

नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थुप्रै आरोपहरु लगाएर पार्टी परित्यागको घोषणा गरे पनि उनकी पत्नी तुलसा थापा भने एमालेको संसदीय दलको बैठकमा सहभागी भएकी छन्।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालकी सांसदसमेत रहेकी थापा सहभागी हुन पुगेकी हुन्।

पार्टी फुटाएर एमालेका बरिष्ठ नेता माधवकुमार नेपाले नेकपा एकीकृत समाजवादी गठन गरेपछि उनको पार्टीको पक्षमा लाग्ने जनप्रतिनिधिहरुले पार्टी रोज्न सनाखत गर्ने समय सीमामा थापाले एमाले छाडेकी छैनन्।

उनी संसदीय दलको बैठकमा गएको प्रमाण सार्वजानिक गर्दै एमालेकी सांसद कोमल ओलीले दुईजनासँगै उभिएको फोटो भर्खरै ट्वीटरमार्फत सार्वजानिक गरेकी छिन्।

पति गौतमले अनेक आरोप लगाए पनि सांसद तुलसा थापाले यो वा त्यो पक्षमा कुनै सार्वजानिक अभिव्यक्ति दिएकी छैनन्। उता, बामदेव गौतम भने बहुदलीय जनवादलगायतका केही विषयका शर्तहरु माधव नेपालसामु राखेको भन्दै समाचारको विषय बन्दै आएका छन्।

एमाले परित्याग गरेको घोषणा गरे पनि उनी हालसम्म कुनै पार्टीमा गएका छैनन्। सांसद तुलसा थापा एमाले संसदीय दलको बैठकमा सहभागी भएका कारण बामदेवले राजीनामा दिएर ओलीलाई घुक्र्याउन मात्र खोजेका हुन् कि भन्ने टिप्पणी पनि एमालेजनले गर्न थालेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल