FLASH NEWS
  • Loading...

म्याग्दीका तीन जना कार्यपालिका सदस्यले नेकपा एसमा सनाखत गरे

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१९ पटक पढिएको
म्याग्दीका तीन जना कार्यपालिका सदस्यले नेकपा एसमा सनाखत गरे

बेनी नगरपालिकाका दुई र धवलागिरी गाउँपालिका एक गरी तीन जना कार्यपालिका सदस्यले एमाले दल त्याग गरी नेकपा समाजवादीमा लागेका छन ।
बेनी नगरपालिका कार्यपालिका सदस्य दुर्गा कार्की र कृष्णकुमार विक तथा धवलागिरी गापा कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले निर्वाचन कार्यालय पुगी नेकपा समाजबादीमा दस्तखत सनाखत गरेको हुन । कार्की बेनी नपा, ४ वडासदस्यमा निर्वाचित भै कार्यपालिका सदस्यमा, कृष्ण विक दलित समुदायबाट र देउप्रसाद छन्त्याल अल्पसख्यक जातीबाट तत स्थानीय तहको कार्यापालिका सदस्यमा मनोनित सदस्य हुन ।
जिल्ला निर्वाचन अधिकृत भीमप्रसाद घिमिरेले मंगलवार साँझ ५ बजेसम्म तीन जना जनप्रतिनिधीले एमालेबाट नेकपा समाजवादीमा लागेको सनाखत गरेको पुष्टी गरे ।
म्याग्दीबाट स्थानीय तहमा दुई गापा अध्यक्ष, तीन उपाध्यक्ष र २३ वडाध्यक्ष समेत दुई सय १० जनाले एमालेबाट विजयी भएकामध्य तीन जनाले मात्र नेकपा एस रोजेका हुन । त्यसैगरी एमालेबाट विजयी संघिय साँसद भुपेन्द्रबहादुर थापा र प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित नरदेवी पुन एमालेमै रहेका छन ।
माधव नेपाल समुहमा लागेका जिल्ला सचिव बालकृष्ण सुवेदी समेत दर्जन कार्यकर्ता दल विभाजनको विरोध गर्दै एमालेमा फर्केपछि जिल्लामा नेकपा एसको अवस्था कमजोर छ । नेकपा एस तर्फ संगठनिक भुमिकामा रहेका अन्य कार्यकर्ता देखिएका छैनन ।
‘हामीले साथीहरुलाई दल विभाजनको पीडादायी अनुभव नविर्सन सम्झायौं । नेकपा एसमै रहेपनि निर्वाचन आयोगमा पुगेर दल त्यागको सनाखत गर्ने हतारो नगर्न भनेका हौं । तर तीन जना साथीहरुले मान्नु भएन । सनाखत गर्नु भयो’ नेकपा एमाले जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘साथीहरुलाई अझै निर्णय सच्याउन आग्रह गर्छु ।’
त्यसैगरी हिमालपारीको मुस्ताङ्गमा एक जना जिल्ला समन्वय समितिका सदस्य दुर्गादेवी रसाईलीले नेकपा एस तर्फ सनाखत गरेकी छिन ।
संघिय, प्रदेशर साँसदहरु, जिल्ला समन्वय प्रमुख, २ गाउँपालिका अध्यक्ष र तीन उपाध्यक्ष समेत करिव ५० जनप्रतिनिधी भने सवै एमालेमा रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल