FLASH NEWS
  • Loading...

अनेमसंघ म्याग्दीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८९ पटक पढिएको
अनेमसंघ म्याग्दीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम

नेकपा एमालेमा आबद्ध महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै एमालेमा आबद्ध महिलाहरुलाई वैचारिक र साङ्गठनिक रुपमा सशक्त बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष थमसरा पुनलेबताइन् ।

लामो समय एकताको नाममा पार्टी र जनवर्गीय सङ्गठनको क्रियाकलाप र गतिशिलता शुन्य जस्तै रहेको हुँदा नेकपा एमाले पुरानै अवस्थामा फर्किएकाले सङ्गठनमा आबद्ध महिला सदस्यहरुको क्षमता वृद्धिसहित राजनीतिक रुपमा सक्षम बनाउन प्रशिक्षणले सहयोग पुग्ने छ ।

भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिँदै नेकपा एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय सदस्य नवराज शर्मा , एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले, एमाले जिल्ला सचिव बालकृष्ण सुवेदीले,अनेमसंघका जिल्ला अध्यक्ष एवं धवलागिरि गाउँपालिकाको अध्यक्ष थमसरा पुनले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन अनेमसंघका जिल्ला सदस्य खरमाया बिटालुले गरेकी थिइन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल