Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

पहिरोले थुनिएको राहुघाट बग्यो, तत्काल खतरा छैन तर जोखिम पनि टरेको छैन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३१३ पटक पढिएको
पहिरोले थुनिएको राहुघाट बग्यो, तत्काल खतरा छैन तर जोखिम पनि टरेको छैन

रघुगंगा गाउँपालिका, ६ रायखोरको पहिरोले राहुघाट खोला थुनिएर बनेको ताल भरिएर माथीबाट (ओभरफ्लो) बग्न थालेको छ ।
नेपाली सेनाको रघुगंगा गापा, ७ चिमखोला नजिकै रहेको शत्रुभञ्जाङ गुल्मले पहिरो स्थलको निरिक्षणपछि दिएको विवरण अनुसार विहान करिव ५ बजे रायखोरको पहिरो झरेकोले रघुगंगा गापा, ६ को मुलपानी र ७ चिमखोलाको गौडामुनी भन्ने स्थानमो राहुघाट खोला थुनेको थियो ।
घट्नास्थल पुगेको सेनाले जिल्एला सुरक्षा समितिलाइ दिएकाे जानकारी  अनुसार रायोखोरको भिर फुटेर खसेको ढूलो ढुङ्गासहित पहिरोले खोला थुनिएपछि बनेको ताल भरिएर पानी सहज बगेकोले तत्काल कुनै खतरा छैन । तर रायोखोरको भित्ताबाट पहिरो झर्न नरोकिएको र खोलामा पानीको ताल यथावत रहेकोले जोखिम भने यथावत छ ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार पहिरोले राहुघाट खोलामा अनुमानित एक किलोमिटरसम्म लामो, २० मिटर चौडा र १५ मिटर गहिरो ताल बनेको छ । धवलागिरी हिमालबाट आउने यो खोलाको रहुघाटको मुख्य सहायक खोला हो ।


‘तत्काल राहुघाट खोलामा बनेको ताल फुट्ने खतरा देखिएको छैन । तर रायोखोरको भित्ता पुरै तह तह परेर तल लच्केको र पहिरो झर्न नरोकिएकोले थप पहिरोले राहुघाट थुनिन सक्ने स्थिती छ’ प्रजिअ अधिकारीले भने, ‘मौषम पूर्वानुमान अनुसार अझै केही दिन भारी वर्षाको जोखिम देखिएकोले राहुघाटमा बाढीपहिरोको जोखिम यथावत छ, उच्च सतर्कता आवश्यक छ ।’
रायोखोरमा गएको पहिरो यो पहिलो पटक होईन । एक हप्ता अघि यही स्थानमा पहिरोले करिव आधा घन्टा राहुघाट खोला थुनेको र पछि सहजै खुलेको थियो । त्यसैगरी तीन वर्ष अघि रघुगंगा गापा, ६ पाखापानीको पुछारबाट यस्तै पहिरो खस्दा राहुघाट खोला ६ घन्टा थुनिएको थियो ।
अहिले पहिरो झरेको रायोखोरको पहिरोले ०५७ सालदेखी सुरु भएको हो । ०५७ सालमा ठूलो पहिरो जान थालेपछि रायोखोरका कम्तीमा ४० घर रहेको रायोखोर वस्ती सुरक्षित स्थानमा स्थानन्त्रण गरिएको थियो ।
‘रायोखोर पहिरो रघुगंगाको सवैभन्दा ठूलो र जोखिमपूर्ण पहिरो हो । यस अघि धेरै खेतियोग्य जमिन सक्यो । अझै पाखो र भीर चर्केर खसिरहेको छ । वर्खा वा हिउँद कुनै पनि वेला विपत ल्याउन सक्छ’ रहुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘पहिरो रोकथाम गर्न पनि सकिने अवस्था छैन । पहिरोले धवलागिरी सेन्चुरी पदमार्ग अवरुद्ध भएको छ । रायोखोर र माथिल्लो चौरखानी वस्ती विच्छेद भएको छ ।’
तस्वीर सौजन्य : नेपाली सेना

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल