FLASH NEWS
  • Loading...

अफगानी महिलाले उद्धारका गरिएको उडानका क्रममा बच्चा जन्माइन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९३ पटक पढिएको
अफगानी महिलाले उद्धारका गरिएको उडानका क्रममा बच्चा जन्माइन

एक अफगान महिलाले उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी छन्।

आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको जनाएको छ।

उनको अवस्था जटिल हुँदै गएपछि विमानका कमान्डरले “विमानमा हावाको चाप बढाउनका लागि उडानको उचाइ कम गर्ने निर्णय गरे जसले उनलाई स्थिर बनाउन र आमाको ज्यान बचाउन मद्दत गर्‍यो।”

जर्मनीको विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आइपुग्यो र बच्चा जन्माउन सहयोग गर्‍यो।

बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ।

तालिबानले नियन्त्रणमा लिएको काबुलको अवस्था अस्थिर रहेको बताइएको छ।

यूकेको रक्षा मन्त्रालयले अफगानिस्तान छोडेर भाग्न चाहनेहरूको सङ्ख्या बढेसँगै विमानस्थल बाहिर भएको भिडभाडमा सात जना अफगानको मृत्यु भएको जनाएको छ।

उद्धारमा जुटेका विमानहरूको सुरक्षार्थ काबुलस्थित हामिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थल ४,५०० अमेरिकी सैनिकको अस्थायी पकडमा छ। त्यहाँ ब्रिटेनका पनि ९०० सेना परिचालित छन्।

तालिबान लडाकुहरूले विमानस्थल वरपरका स्थानहरूमा चेकजाँच गरिरहेका छन् र यात्रासम्बन्धी कागजात नभएका अफगानहरूलाई विमानस्थल जानबाट रोकिरहेका छन्। विविसी नेपाली

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल