FLASH NEWS
  • Loading...

अधिकांश नेताले छाडे माधव नेपालको साथ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१६ पटक पढिएको
अधिकांश नेताले छाडे माधव नेपालको साथ

नेकपा (एमाले) विभाजित चरणमा पुग्दासम्म दोस्रो तहका अधिकांश नेताहरुले साथ छाडेका छन्। नेता नेपालले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी दर्ता गर्दैगर्दा दोस्रो तहका अधिकांश नेताहरुले नेता नेपाललाई साथ नदिएका हुन्।

पार्टी विभाजनको विपक्षमा उभिएका तीन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन्। शाक्य आजै बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै छिन्।

रावल र ज्ञवाली नयाँ पार्टीको गतिविधिमा देखिएका छैनन्। उनीहरु पार्टी फुटाउन नहुने पक्षमा छन्। यस्तै नेता नेपाल समूहले नयाँ पार्टी दर्ताको लागि निर्णायक राखेको बैठकमा उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले पनि साथ दिएनन्।

नेपाल समूहको यसअघिको बैठकमा सहभागी हुँदै आएका भुसाल, आचार्य र पाण्डेले समेत पार्टी विभाजनको विपक्षमा उभिएका छन्।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो रुपमा उत्रिएका दोस्रो तहका नेताहरुले साथ छाड्दै गर्दा स्थायी कमिटी सदस्य वेदुराम भुसाल र मुकुन्द न्यौपाने मात्रै साथ दिएका छन्।

तर, दोस्रो तहका नेताहरुले साथ दिन्छन् दिँदैनन् भन्ने अहिल्यै भन्न नसकिने नेता जगन्नाथ खतिवडाले बताए।

दोस्रो तहका नेताहरुले आफ्नो साथ छाडे पनि तेस्रो तहका नेताहरुको आडमा नेता नेपालले नयाँ पार्टी दर्ता गराएका छन्। नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल