FLASH NEWS
  • Loading...

नेपाल: ‘तेस्रो लहरको लगभग पूर्वार्धमा भएको सङ्केत’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०७ पटक पढिएको
Post Thumbnail

नेपालमा कोरोना भाइरस महामारीको “तेस्रो लहरको लगभग पूर्वार्धमा रहेको सङ्केत देखिएको” बताउँदै औषधोपचारलाई मात्र त्यसबाट जोगिने उपायका रूपमा नहेरी स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पालनामा जोड दिन एक स्वास्थ्य अधिकारीले सबैलाई सजग गराएका छन्।

“हामी यतिखेर तेस्रो लहरको लगभग पूर्वार्धमा आइसकेका छौँ,” स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, “यतिखेर अस्पतालमा कोभिड भएर आउनेको सङ्ख्या फेरि बढ्न थालेको छ। “तर अस्पतालबाहिरको व्यवहार भने महामारी नभएजस्तो परस्पर उल्टो छ।”

देशको एक प्रमुख सरुवा रोग अस्पतालमा सबै शय्याहरू कोभिडका बिरामीले भरिएको बताउँदै त्यहाँका चिकित्सकले त्यसलाई “विगतमा झैँ देशकै अवस्थाको प्रतिविम्ब”का रूपमा बुझ्नुपर्ने बताएका छन्। तर कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भने केही समय अवस्थाको निगरानी गर्ने तर तत्कालै कडा खालको लकडाउनमा जानेबारे नसोचिएको जनाएको छ।

 क्लिनिकल रिसर्च एकाइ प्रमुख डा. शेरबहादुर पुनले अहिलेसम्म सङ्क्रमित नभएका, खोप नलगाएका र पहिलो लहरतिर सङ्क्रमित भएका मानिसहरू यतिखेर फेरि बिरामीका रूपमा टेकु अस्पतालमा आउने थालेको बताए।

विज्ञहरू यसअघि डेल्टा भेरिअन्टबाट सङ्क्रमित भइसकेका मानिसमा “भाइरल लोड” अर्थात् शरीरमा भाइरसको मात्रा उच्च हुने भएकाले उनीहरू सङ्क्रमित भएमा तिनले अरूलाई सार्ने जोखिम पनि उच्च हुने बताउँछन्।

“पहिले सङ्क्रमित नभएका र खोप पनि नलगाएका मानिसहरू त्यसैले अहिले सबैभन्दा जोखिममा छन्। नेपालमा केही सातादेखि दैनिक रूपमा सङ्क्रमण पुष्टि हुने दर २० प्रतिशतभन्दा बढी छ।

सङ्क्रमण दर पाँच प्रतिशतभन्दा उच्च हुनुलाई विज्ञहरूले नियन्त्रण गर्न कठिन अवस्था बताउने गर्छन्। bbc/nepali

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल