FLASH NEWS
  • Loading...

तेस्रो लहरविरुद्धको तयारी: देशभर १८० भेन्टिलेटर र १४ सय एचडीयु बेड थपिँदै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८० पटक पढिएको
तेस्रो लहरविरुद्धको तयारी: देशभर १८० भेन्टिलेटर र १४ सय एचडीयु बेड थपिँदै

कोरोना भाइरस संक्रमणको तेस्रो लहरविरुद्धको तयारीअन्तर्गत सरकारले बालबालिकाहरुका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित तेस्रो लहरलाई रोक्न र कम क्षती गर्न बालबालिकाहरूका लागि १८० भेन्टिलेटर सहितको २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको जनाएको हो।

केही दिन अगाडि नै असोज दोस्रो सातादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने भनेको मन्त्रालयले देशभर हाइ डिपेन्डेन्सी युनिट (एचडीयु) बेडहरु पनि विस्तार गरिन लागिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तीमा देशभर थप १ हजार ४ सय एचडीयु बेडहरु विस्तार गर्न लागिएको जनाइएको छ। हाल देशभरका सरकारी अस्पतालहरूमा २ हजार ७५ र निजी अस्पतालमा ७७८ एचडीयु बेड सञ्चालनमा रहेका मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले भेन्टिलेटरहरुको संख्या ९०४ पुर्‍याइएको र १८० थप गर्ने प्रक्रियामा रहेको र कोरोना संक्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपुर्ति सुदृढ गर्नका लागि सरकारले सघन कार्यहरूमार्फत ५ हजार ५ सय अक्सिजन कन्सट्रेटर ल्याइसकेको जानकारी दिएको छ। थप ३ हजार ५ सय अक्सिजन कन्सट्रेटर आउने क्रममा रहेको  छ।

यस्तै, ६ हजार ३ सय ७७ अक्सिजन सिलिण्डर थप गरिएको छ तथा १९ वटा अक्सिजन प्लाण्ट, २७ वटा अक्सिजन ट्यांक थप गर्ने योजना अन्तर्गत २ वटाको कार्य सम्पन्न   गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले खोप अभियानलाई तिव्रता दिँदै १० प्रतिशत मुनाफा लिएर विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले स्वीकृति दिएका खोप आयात गर्न निजी क्षेत्रलाई अनुमति दिएको छ ।

चीनको साइनोफार्म कम्पनीबाट थप ६० लाख डोज भेरोसेल खोप खरिद प्रक्रिया अघि बढेको, जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका र भारतबाट आउने १० लाख कोभिसिल्डसहित असोज मसान्तभित्र १ करोड ८३ लाख ८२ हजार डोज डोज खोप प्राप्त हुने समेत मन्त्रालयले जनाएको छ ।

१२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज फाइजर खोप खरिदका लागि प्रक्रिया सुरु हुने र कोभ्याक्सबाट निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि प्राप्त हुने हुँदा चैतभित्र सबै नेपालीको पहुँचमा खोप पुग्ने पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल