FLASH NEWS
  • Loading...

प्रतिनिधी होईन ब्यवस्था छान्ने निर्वाचन गरौं–विप्लव

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३५ पटक पढिएको
प्रतिनिधी होईन ब्यवस्था छान्ने निर्वाचन गरौं–विप्लव

अघिल्लो सरकारसँग तीन वुँदे सम्झौतागरी खुल्ला राजनितीमा आएको नेकपा (विप्लव)समुहका केन्द्रीय सदस्य ध्रुव घिमिरे ‘विप्लव’ले पात्र छान्ने निर्वाचन भन्दा पहिला ब्यवस्था छान्ने निर्वाचनमा भाग लिन आतुर रहेको बताएका छन ।
नेकपा विप्लव समुहको सोमबार सदरमुकाम बेनीमा जिल्ला कार्यालय उद्घाटन गर्दै नेता घिमिरेले संघियतामा अपनाईएको संसदीय ब्यवस्थाको औचित्य समाप्त भएकोले ‘वैज्ञानिक समाजवाद’ को विषयमा जनताको मतदानबाट प्रतिनिधी छान्नु अघि ब्यवस्था छान्ने निर्वाचन गर्नु पर्ने बताएका हुन । बेनी नगरपालिका, २ ज्यामरुककोटका घिमिरे शसस्त्रद्धन्द्धकालमा माओवादीका पश्चिम डिभिजनका राजनैतिक कमाण्डर समेत थिए । प्रचण्ड नेतृत्वको एमाओवादीबाट टुक्रिएर वैध नेतृत्वमा नेकपा क्रान्तिकारी र सो पार्टीबाट टुक्रिएर बनेको नेकपा (विप्लव माओवादी)ले प्रतिवन्ध लाग्नु यही भवनमा कार्यालय राखेको थियो ।


‘जनयुद्ध र जनआन्दोलनको जगमा बनेको संविधान अन्र्तगत भएको संघिय तथा प्रदेश सभाका संसदमा हालै भैरहेका र गतिविधीले हेर्दा संसदीय ब्यवस्थाको दलालीकरणको भद्दारुप प्रष्ट देखिएको छ’ नेता घिमिरेले भने, ‘०३६ सालमै पञ्चायतले नै निर्दलिय र बहुदलीय ब्यवस्था छान्न जनमत संग्रह गर्ने हिक्मत गरेको थियो । ‘वैज्ञानिक समाजवाद’मा जनमत संग्रह गरौं, हामी निर्वाचनमा सहभागी हुन्छौं, परिणामलाई स्वीकार्रछौं ।’
छुट्टै प्रशंगमा नेता घिमिरेले भने, ‘हामीले कम्युनिष्ट पार्टीको सदस्यता लिंदा जुन सपना र आदर्श सिकाईयो तत्कालिन नेतृत्व (प्रचण्ड)ले राजनैतिक दलालीमा लगेर फसाए । मान्छेकालागी सवैभन्दा ठूलो कुरा जीवनमा मृत्यु रोज्यौं । एउटा साथी ढल्ला अर्कोले बन्दुक उठायौं र संयोगले बाँचेको जिन्दजी लिएर फेरी जनवाद, समाजवाद र साम्यवादको मुद्धालाई जनमतबाट स्थापित गर्न खुल्ला राजनितीमा आएका छौं ।’
विप्लव माओवादीका केन्द्रीय अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वले पछिल्लो एक सातामा प्रर्व प्रधानमन्त्रीहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, माधव नेपाल, बाबुराम भट्टराई, महन्त ठाकुर समेत मधेशवादी दलसँग घरदैलोमै पुगेर भेटघाट तिब्र पारेकावेला यहाँ विप्लव माओवदी नेता घिमिरेले राजनैतिक दलहरु दलालीकरण र संसदीय ब्यवस्थामा माफियाकरण हावी भएकोले अव जनमतबाट व्यवस्था फेर्नु पर्ने दावी गरे ।
विसं ०६९ असारमा तात्कालिन पुष्पकमल दहाल (प्रचण्ड) नेतृत्वको एकिकृत नेकपा माओवादीबाट छुट्टिएर मोहन वैधको नेतृत्वमा नेकपा माओवादी बनाएका थिए । वैधले नेतृत्व गरेको नकपा माओवादी पनि क्रान्तिकारी नभएको भन्दै नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा ०७१ नेकपा स्थापना गरेका थिए । यही पार्टीलाई विप्लव माओवादी भनेर चिन्ने गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल