FLASH NEWS
  • Loading...

निर्माण अलपत्र पार्ने ठेकेदारलाई सडकमा फोटो झुण्डाएर जनकार्वाही

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३१४ पटक पढिएको
निर्माण अलपत्र पार्ने ठेकेदारलाई सडकमा फोटो झुण्डाएर जनकार्वाही

म्याग्दी सदरमुकाम बेनीदेखी पश्चिम दरवाङ जाने सडक कालोपत्रे गर्न ठेक्का लिएर समयमा काम नगर्दा पहिरोले घरखेतमा क्ष्ति पुऱ्याएको भन्दै स्थानीयले कारवार्ही स्वरुप ब्यवसायीको फोटो कालो ब्यानरमा राखेर झुण्डाएका छन ।
दोलखाबाट प्रतिनिधी सभा सदस्य निर्वाचित काँग्रेस साँसद जिपछिरिङ लामा संञ्चालक रहेको लामा कन्ट्रक्सन र अच्युत खरेल संञ्चालक रहेको समानन्तर कन्ट्रक्सनको लामा–समानन्तर जेभीले समयमा काम नगर्दा काम अलपत्र परेको हो ।
लामासमानन्तरले सडक विस्तार गर्न डोजरले भित्ता काटेर अलपत्र छोडेपछि गत वर्ष र यस वर्षको मनसुनजन्य बर्षापछि पहिरोले माथिल्लो क्षेत्रका कम्तीमा १५ घर विस्थापित भएका र सयौं रोपनी धानखेत बगेपछि स्थानीयले कालोपोतिएको ब्यानरमा निर्माण ब्यवसायीको फोटो राखेर सडकको विभिन्न खण्डमा झुण्डाएका छन । ब्यानर कस्ले झुण्डाएको हो भन्ने कतै खुलाईएको छैन ।


ठेकदारको फोटोसहित कालो पोतिएको ब्यानरमा लेखिएको छ, ‘बाटो समयमै नवन्दा सयौं घर पहिरोको जोखिममा छन । सयौंको खेतवारी पहिरोको चपेटामा परेको छ । गाईवस्तु, गोठ पहिरोको चपेटामा छन । सहज आवतजावत गर्न कठिन , यातायात अवरुद्धहुँदा विरामीलाई समयमा हस्पिटल पुऱ्याउन नकस्ने अवस्था भएकोले आभारी छौं ।’
जिल्लाका पश्चिम मंगला, मालिका र धौलागिरी तथा बाग्लुङको ताराखोला, वुर्तिवाङ जोड्ने बेनी–दरवाङ सडकको पहिलो १२ं.५ किलोमिटर सडकलाई ११ मिटर चौडा बनाई ७ मिटरमा कालोपत्रे गर्न ४५ करोड ५३ लाख ७२ हजारमा ठेक्का लिएका सांसद लामा र खरेलको लामासमानन्तर जेभिले ४ बर्षमा पनि काम नगरी अलपत्र छोडेको हो ।


बेनी–दरवाङ सडक ११ मिटर चौडा बनाई नालीबाहेक ७ मिटर चौडा कालोपत्रे गर्ने गरी ०७४ असोज ४ गते सम्झौता गरेको थियो । साविक सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको योजना ०७५ पुषमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको हो । जिल्लाका सडकको नियमन र सुपरिवेक्षण गर्ने काम पूर्वाधार विकास कार्यालयले गर्दै आएको छ ।
योजना नियामक पूर्वाधार विकास कार्यालय बेनीका अनुसार भौतिक असार मसानन्न सम्म ५५ प्रतिशत मात्र भौीतक प्रगति गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल