FLASH NEWS
  • Loading...

बेइजिङमा आपतकाल घोषणा, सबै पर्यटकीय स्थलहरु बन्द

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३३९ पटक पढिएको
बेइजिङमा आपतकाल घोषणा, सबै पर्यटकीय स्थलहरु बन्द

चीनले राजधानी बेइजिङमा आपतकाल घोषणा गरेको छ । राजधानीका सबै पर्यटकीय स्थलहरु बन्द गरिएका छन् । यस वर्षकै सबैभन्दा भारी वर्षा हुने चेतावनीपछि प्रशासनले बेइजिङमा कडा सुरक्षा व्यवस्था लागू गरेको हो । ग्लोबल टाइम्सका अनुसार चीनमा आइतबारदेखि नै भारी वर्षा र तुफानको चेतावनी दिइएको छ । आगामी २ दिनमा ६० देखि १०० मिलमिटरसम्म वर्षा हुने सम्भावना छ ।

ग्लोबल टाइम्सका अनुसार बेइजिङमा आइतबार दिउँसोदेखि २०२१ को सबैभन्दा भारी वर्षा हुने अपेक्षा गरिएको छ । यो वर्षा ३० घण्टासम्म चल्न सक्छ । बेइजिङको मौसम विज्ञान सेवाले आँधी तुफानको लागि यलो अलर्ट जारी गरेको छ । बेइजिङ ड्रेनेज ग्रुपले पम्प स्टेशन र जल संयन्त्रमा २ हजार ९ सयभन्दा धेरै कर्मचारी नियुक्त गरेको छ । राजधानीका पश्चिमी र उत्तरी क्षेत्र वर्षा र तुफानबाट सबैभन्दा धेरै प्रभावित हुनेछन् ।

पश्चिमी र उत्तरी क्षेत्रमा १०० देखि १५० मिलमिटरसम्म वर्षा हुने सम्भावना छ । पूर्वानुमानका अनुसार केही विशेष क्षेत्रमा भने वर्षा २०० देखि ३०० मिलिमिटरसम्म वर्षा हुन सक्छ । उता सिचुआन प्रान्तमा भारी वर्षा र बाढीका कारण हजारौं जनतालाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय प्रशासनले अझै वर्षा हुन सक्ने चेतावनी दिएको छ । सिचुआनमा शुक्रबारदेखि लगातार वर्षा भइरहेको छ । सबै १४ नदीको जलस्तर निकै बढेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल