FLASH NEWS
  • Loading...

मनाङमा ५ सय विस्थापित, ७० घर डुबे

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८० पटक पढिएको
मनाङमा ५ सय विस्थापित, ७० घर डुबे

मनसुन शुरु भएसँगै लगातारको वर्षापछि मनाङमा बाढीले बितण्डा मच्चाएको छ। असारको पहिलो दिन मंगलबार मर्स्याङदी नदीमा आएको बाढीले सो नदीको पुरै तटीय क्षेत्र जोखिममा परेको छ।

हालसम्म बाढीबाट ५ सय जना विस्थापित भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानले डिसी नेपाललाई जानकारी दिए। उनले फोनमा भने, ‘बिहानैदेखि मर्स्याङदीमा बाढी आएको छ। बाढीले सदरमुकाम चामे बजार र नासो गाउँपालिकाको तालमा क्षति पुर्याएको छ।’

उनका अनुसार सदरमुकाम चामेमा ५ वटा घर बाढीले बगाएको छ। जिल्ला हुलाक कार्यालयको भवनसमेत बाढीको डुबानमा परेको छ। उनका अनुसार नासो गाउँपालिकाको तालमा करिब ६० घर डुबानमा परेका छन्।

प्रमुख जिल्ला अधिकारी लामिछानेले चामे बजारमा ३ सय र तालमा २ सय जना मानिसहरु विस्थापित भएको जानकारी दिए। उनले चामेमा विस्थापित भएकाहरुलाई जिल्ला कारागारको नयाँ भवनमा राखिएको छ। उता तालका विस्थापितहरुलाई पनि प्रहरी र जनप्रतिनिधिको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ।

बाढीका कारण मनाङ सडक सञ्जालबाटसमेत अलग भएको छ। लमजुङ–चामे सडक अवरोध भएको प्रजिअ लामिछानेले जानकारी दिए। उनका अनुसार सो सडकमा रहेको बेली बं्रीज र पुलहरु बाढीले बगाएको छ। यस्तै विद्युत आपूर्ति पनि अवरोध भएको छ। खानेपानीको समस्या पनि हुन सक्ने उनले बताए। उनका अनुसार ल्याण्डलाइन टेलिफोन पनि बन्द भएको छ। उनले मोबाइल सेवा पनि अवरोध हुने अवस्थामा रहेको जानकारी दिए।

उनले प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा राहत तथा उद्धार कार्य जारी रहेको बताए। यो वर्ष मनसुन शुरु भएपछि भएको यो पहिलो क्षति हो। मनसुन शुरु भएको एक हप्ता पनि नपुग्दै बाढीले क्षति पुर्याउन थालेको हो। गृह मन्त्रालयले यो वर्ष मनसुनले धेरे क्षति गर्नसक्ने पहिला नै अनुमान गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल