FLASH NEWS
  • Loading...

के हो कम्प्युटर भिजन सिन्ड्रोम, के हुन् लक्षण, कसरी बच्ने ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३५३ पटक पढिएको
के हो कम्प्युटर भिजन सिन्ड्रोम, के हुन् लक्षण, कसरी बच्ने ?
डा. हेमराज कोइराला ।

कम्प्युटर, मोबाइल फोन, ल्यापटप, ट्याबलेट, टेलिभिजन जस्ता स्क्रिनयूक्त उपकरणहरूको दीर्घकालिन उपयोगले प्रयोगकर्ताहरूको आँखामा देखिने विशेष किसिमको स्वास्थ्य सम्बन्धि समस्यालाई चिकित्सकहरू कम्प्युटर भिजन सिन्ड्रोम भन्दछन् । यो समस्या हुदाँ व्यक्तिको शारीरिक एवं मानसिक तन्दुरूस्तिमा समस्या आउनका साथै उसको आर्थिक उपार्जन समेत प्रभावित हुन्छ ।

लक्षणहरूः

लामो समयसम्म कम्प्युटर मोबाइलफोन, ल्यापटप, ट्याबलेट, टेलिभिजन जस्ता स्क्रिनयुक्त उपकरणहरूको स्क्रिनमा लामो समयसम्म काम गरेपश्चात यदि यी लक्षणहरू देखिन्छन् भने उसलाई कम्प्युटर भिजन सिन्ड्रोम भएको भन्न सकिन्छ ।

आखाँ पोल्ने , दुख्ने, रातो हुने, प्रारम्भिक चरणमा आँखाबाट आसु बग्दैजाने तर पछि पछि सुख्खा हुने, अगाडिको दृश्य धुम्मिएको जस्तो हुने, एउटै दृश्यलाई पनि पनि दुईवटा वा दुई भन्दा धेरै देखिने, टाउको दुख्ने, ढाड, कम्मर, गर्दनमा पीडा हुने, मानशिक बेचैनी बढ्ने, शारीरिक रूपमा थकान महशुस हुने जस्ता लक्षण हुने गर्दछ ।

के कारणले हुन्छ ?

१. कम्प्युटर या इलेक्ट्रोनिक स्क्रिनको प्रयोग गर्दा व्यक्तिको आँखा झिम्किने दर एकदम कम हुन्छ । यसरी आँखा कम झिम्किँदा आँखाको ओसिलोपन कम भई आँखा सुक्खा हुन पुग्दछ । फलतः आँखा सूजन हुने, दुख्ने पोल्ने र रातो हुने जस्ता समस्या देखा पर्दछन् ।
२. कम्प्युटरमा प्रदर्शित अक्षरहरु बीचमा चम्किलो र छेउछेउमा कम चम्किलो हुने हुँदा आँखालाई अक्षरमा केन्द्रित हुन अतिरिक्त जोर पर्ने हुँदा आँखा प्रभावित हुन पुग्दछन् ।
३. स्क्रिनबाट उत्सर्जित प्रकाश प्रत्यक्ष रुपमा आँखामा परिरहने हुँदा यसले आँखामा अतिरिक्त तनाव उत्पन्न गरिरहन्छ ।
४. सामान्यतया आँखाको स्वास्थ्यको लागि आँखा तलमाथि नजिक टाढा दायाँ बायाँ लगातार छामिरहनुपर्ने हुन्छ तर इलेक्ट्रोनिक स्क्रिनमा काम गर्दा आँखाले यो गति गर्ने अवसर नै पाउँदैन । फलतः आँखाका मांसपेशीहरु आइवृत्तलाई एउटै पोजिसनमा बनाइराख्न झन् तनावग्रस्त भइरहनुपर्ने हुँदा आँखामा समस्या आउँदछ ।
५. कम्प्युटर भिजन सिन्ड्रोमको कारण प्रयोगकर्ताको स्थिर आसन हो, जसले शरीर एवम् इन्द्रीयहरुमा अतिरिक्त दबाव पुर्याउँदछ ।

बच्ने उपायहरुः

१. कम्प्युटरबाट उत्सर्जित प्रकाशको तीव्रतालाई सामान्य अवस्थामा बनाइ राखौं । तीव्र प्रकाशले चाँडै आँखा बिगार्छ ।
२. कम्प्युटरमा काम गर्दा एकोहोरो हेरिरहने बानी त्यागेर बेलाबेलामा तल माथि, दायाँ बायाँ र स्क्रिन भन्दा बाहिर पनि हेर्न गरौं ।
३. सामान्य अवस्थामा हाम्रो आँखा एक मिनेटमा १५ पल्टसम्म झिम्किन्छ तर कम्प्युटरमा काम गर्दा यो दर घटेर पाँच पल्ट सम्म मात्र हुन पुग्दछ । यसर्थ हरेक चार सेकेन्डमा एकपल्ट आँखा झिम्क्याउने गरौं ।
४. कम्प्युटरमा काम गर्दा चश्मा लगाएर काम गर्ने गरौं, चश्माले अतिरिक्त प्रकाशलाई आँखामा जानबाट रोक्दछ ।
५. कम्प्युटरलाई पनि विशेष दूरीमा राखेर काम गर्ने गरौं । स्क्रिनलाई आँखा भन्दा १५ डिग्री माथि राखेर काम गर्ने गरौं ।
६. आँखाको कसरत जस्तै आँखा माथि हेर्ने, तल हेर्ने, दायाँ हेर्ने, बायाँ हेर्ने, छड्के हेर्ने र घडीको सुई घुम्ने दिशामा र सुईको विपरीत दिशामा आँखा घुमाउने गरौं ।
७. आँखाको माटो पट्टिले पनि आँखाको तनाव कम गर्दछ । माटो पट्टी विशेष प्राकृतिक उपचार पद्धति हो यसलाई विज्ञबाट सिकेर मात्र अपनाउने गरौं । माटो पट्टी नभएको खण्डमा काँक्रोको फेस प्याकले पनि आँखाको तनाव कम गर्न मद्दत गर्दछ ।
८. लगातार कम्प्युटरमा काम गर्नेहरुले बीच बीचमा ५ मिनेट आराम गर्ने गरौं ।
९. आँसु सुकेर आँखा सुक्खा हुँदै गएको खण्डमा कृत्रिम आँसुको प्रयोग गरौं ।
१०. योगको त्राटक क्रियाले पनि आँखाको पावर बढाउन मद्दत पुर्याउँदछ । यसर्थ, दक्ष गुरुबाट त्राटक क्रिया सिकेर नियमित गर्ने बानी बसालौं ।


तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल