FLASH NEWS
  • Loading...

वृद्धभत्ता वृद्धि : ‘छोराछोरीले हेर्दैनन्, सरकारले त हे-यो नि’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७१ पटक पढिएको
वृद्धभत्ता वृद्धि : ‘छोराछोरीले हेर्दैनन्, सरकारले त हे-यो नि’

नेपालमा २६ वर्ष अघिदेखि ज्येष्ठ नागरिकलाई दिइँदै आएको वृद्धभत्ता (ज्येष्ठ नागरिकको मासिक भत्ता) को दर क्रमशः बढ्दै गएको छ। २०५१/५२ मा एक सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता यस वर्षको आर्थिक वर्षमा पुनःबढेको छ।

शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता एक हजार बढाएका हुन्। उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । साथै, सामाजिक सुरक्षाका लागि एक खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

अबदेखि ज्येष्ठ नागरिकले वृद्धभत्तावापत मासिक चार हजार रुपैयाँ पाउने छन्। जुन, आगमी साउन १ गतेदेखि कार्यान्वयनमा आउने छ। सोही बढेको वृद्धभत्ता सम्बन्धमा डिसी नेपालले केही वृद्धवृद्धासँग गरेको कुराकानीलाई समेटेको छ ।

बढेको वृद्धभत्तासम्बन्धमा के भन्छन् त वृद्धवृद्धा?

बेनी नगरपालिका, ६ की मनकुमारी सुवेदीले सरकारले वृद्धवृद्धालाई मान सम्मानस्वरुप वृद्धभत्ता बढाएर राम्रो गरेको बताईन । उनले भनिन,  ‘सरकारले बुढाबढीप्रति जसरी सोचिराखेको छ, मान–सम्मान गरिराखेको छ, योे धेरै राम्रो हो ।’

अब बुढाबुढी वाध्यतामा वृद्धाआश्रम बस्नु नपर्ने बताउँदै अन्नपूर्ण गाउँपालिका, ८ का पुर्खजीत पुर्जाले भने,  ‘बुढेसकालमा चिया, बिस्कुल खान पुग्छ। कतिपयले बुढाबुढीलाई वृद्धाआश्रममा राख्छन्, त्यहाँ पिरले बुढाबुढी रुन्छन्। वृद्धभत्ता बढेकाले अब घरमै बसिबसि खान पुग्छ र वृद्धाआश्रममा जानु पर्ने वाध्यता पनि पर्दैन ।

तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१/५२ को बजेटमा सुरु गर्दा मासिक वृद्धभत्ता सय रुपैयाँ थियो। २०६० सालमा अधिकारीले वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्याए।  २०६५ सालमा बाबुराम भट्टराईले मासिक ५ सय रुपैयाँ पुर्याएका थिए। र, २०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा.रामशरण महतले एक हजार पुर्याएका थिए।

त्यसैगरी, २०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धि गरि मासिक दुई हजार पुर्याए। उक्त रकमलाई २०७६ सालमा डा युवराज खतिवडाले मासिक तीन हजार पुर्याएका थिए। अहिले अर्थमन्त्री पौडेलले बढाएर वृद्धभत्ता चार हजार बनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल