FLASH NEWS
  • Loading...

कोरोनाको दोस्रो लहर भोजभतेर गर्नेले घर–घर पुराए

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८७ पटक पढिएको
कोरोनाको दोस्रो लहर भोजभतेर गर्नेले घर–घर पुराए

दोस्रो भेरियन्टसहितको कोरोना भाईरसको दोस्रो लहर समुदायमा तिव्र फैलिएको छ । यसरी कोरोना संक्रमण फैलाउने मुख्य माध्यमको रुपमा धार्मिक तथा जन्म देखी मृत्यु संस्कारका गतिविधीबढी दोषी देखिएका छन ।
जिल्ला कोरोना संकट ब्यवस्थापन समिति (डिसिसिएमसी), सुरक्षा समितिले गरेको कोरोना संक्रमणको घट्ना विश्लेषण अनुसार चैते दशैंमा मुक्तिनाथमा आएका तिर्थयात्रु र तातोपानीका पोखरी डुब्न आएका ब्यक्तिले नै जिल्लामा कोरोनाको दोस्रो लहर भित्राउने मुख्य माध्यम हुन ।
‘मुस्ताङ्को मुक्तिनाथ मन्दीर दर्शन खुल्ला गरिएसँगै देशभरबाट तीर्थयात्रु विभिन्न सार्वजनिक सवारी साधनबाट जिल्ला भित्रिएको र त्यहींबाट कोरोना फैलिएको देखिन्छ । तातोपानीका पोखरीमा मान्छेहरु ओईरिएपछि भिडभाडले नै कोरोना संक्रमण ब्यापक फैलिएको हो’ एक जना सुरक्षा अधिकारीले भने, ‘देशका विभिन्न ठाउँबाट आई बढी भिडभाड हुने गलेश्वर, मुक्तिनाथ र तातोपानीका पोखरीहरु खुल्ला गर्नु पहिलो गल्ती थियो ।’
त्यस्तै सदरमुकाम क्षेत्रमा देखिएको संक्रमणलाई गाउ–सदरमुकाम बेनी गर्ने ब्यक्तिले कोरोना भाईरसको दोस्रोलहरलाई वस्ती–वस्ती पुऱ्याएको र व्रतवन्ध, विवाह, चौरासी पुजा र मृत्युपछि मलामी, काजकिरिया समेतका धेरै मान्छे जनघट हुने गतिविधीले घर–घरमा पुऱ्याएका हुन ।
वस्ती–वस्तीमा एकै साथ धेरै जनामा कोरोना देखिएकोको भन्दै नेपाली काँग्रेस सचिव मीनबहादुर कार्कीले फेसवुक स्टाटसमा लेखेका छन, ‘ विवाह, चौरासीपुजा, मृत्यु संस्कार कार्यमा अनावश्यक भिडभाड नै कारक देखिएको छ । यी गतिविधीलाई नियन्त्रण गरौं ।’
कोरोना संक्रमण घर–घरमा अनियन्त्रित भै फैलिएसँगै लटका लट कोरोना संक्रमण पुष्टी भैरहेको छ । एउटै वस्तीमा ५० बढी संक्रमित देखिएका छन । एक लाख १३ हजार जनसंख्या रहेको जिल्लामा शनिवार मध्यान्न १२ बजेसम्म ४ सयबढी सक्रिय संक्रमित रहेका छन । वैशाख महिनामा मात्र १६ जना जिल्लावासीको मृत्यु भएको छ । अझै ९ सयबढी स्वावको पिसिआर परिक्षण रिपोर्ट आउन बाँकी छ ।
‘एउटा नगर/गाउँपालिकामा होईन सानो वस्ती/कल्टरमा समुह–समुहमा कोरोना संक्रमण देखिएको छ । यस्ले कुनै एक कार्यक्रममा सहभागी सवै जना संक्रमित भएका हुन । अन्यत्र फैलाउने माध्यम ितबनेका छन’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘शनिवार मात्र अन्नपूर्ण गापाको घार, रघुगंगा गापाको पिप्ले, भववती, बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, छापा, सिङ्गा, मंगलाको अर्मन, बाबियाचौर क्षेत्रमा बढी समुहमा संक्रमण देखिएको छ । यहाी वैशाखभरी धेरै विवाह, चौरासी पुजाका कार्यक्रम भएका थिए ।’

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल