FLASH NEWS
  • Loading...

जनश्वास्थ्य मापदण्ड पालना नहुँदा कोरोना बढ्दै, म्याग्दीमा संक्रमितको संख्या २० पुग्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३५२ पटक पढिएको
जनश्वास्थ्य मापदण्ड पालना नहुँदा कोरोना बढ्दै, म्याग्दीमा संक्रमितको संख्या २० पुग्यो

कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मास्क लगाउने समेतका आधारभुत जनश्वास्थ्य मापदण्डको पालनामा हेलचक्रयाई हुँदा कोरोना संक्रमित बढ्न थालेका छन ।
स्वास्थ्य कार्यालयका अनुसार बेनी अस्पतालको ओपिडीमा उपचार गराउन आएका शंकास्पद १७ जना विरामीको पिसिआर परिक्षण गर्दा विहिवार ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
त्यस्तै बेनी अस्पतालमा उपचारकालागी आएका छुट्टै १५ जनामा एन्टीजिन परिक्षण गर्दा १० जनामा पोजेटिभ भेटिएको पनि अस्पतालले जनाएको छ । कोरोनाको एन्टीजीन पोजेटिभ र विहिवार पिसिआर परिक्षणमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । पिसिआर परिक्षणमो कोरोना संक्रमित मध्य कोरोना विरुद्ध पहिलो चरणको कोभिशिल्ड भ्याक्सिन लगाएका बेनी अस्पतालका डाक्टरहरु पनि छन ।
कोरोना संक्रमण तिव्र फैलदै गएपनि बेनी अस्पतालमा गत वर्ष स्थापना गरिएको ५ बेड क्षमताको आईसियु सेवा बन्द गरिएको छ ।
स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लामा संकलन गरिएको स्वावको पिसिआर परिक्षणबाट मात्र हालसम्म २ सय ५२ जनामा कोरोना पुष्टी भएको छ । जिल्ला वाहिरका अस्पतालमा पुगेर स्वाव परिक्षण गराउँदा कोरोना पुष्टी भएकाको संख्यापनि सय बढी छ । कोरोनाले जिल्लाका कम्तीमा १० जनाको अकस्मात मृत्यु भएको छ ।
‘जनश्वास्थ्य मापदण्ड पालनाको नियमन गर्ने जिम्मेवारी सरकारले सम्बन्धीत स्थानीय तह र सरोकारवाला निकायलाई नै दिएको छ । मुख्य कुरा ब्यक्ति आफै जिम्मेवार भै स्वास्थ्य मापदण्ड पालना गर्नु हो’ प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले भने, ‘कोरोनाको दोस्रो लहर तिब्र फैलन थालेपर्छि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरिएको छ । स्वास्थ्य सावधानी अपनाउन सचेत बनाउने काम तिब्र वनाउनु पर्ने छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल